5 years ago
February 4, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई विश्व प्रसिद्ध खेलकुद सामग्री निर्माता एडिडासले प्रायोजन गर्ने भएको छ ।

पारसले बिहिबार सामाजिक सञ्जालमा एडिडासको साम्रगी राख्दै जानकारी दिएका छन् । पारसले एडिडासको भारतको आधिकारीक विक्रेता इएम स्पोर्ट्ससँग एक वर्षको सम्झौता गरेको हुन् । पारसले आगमी एक वर्षसम्म एडिडासको सामग्री प्रयोग गर्ने छन् ।
पारस हाल संयुक्त अरव इमिरेट्स (युएई) मा छन् । यूएईमा जारी आबूधाबी टि१० लिगमा टिम आबूधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिका पारसले निर्वाह गरि छन् । यसैक्रममा एडिडाससँग पारसले सम्झौता गरेका हुन् ।
इएम स्पोर्ट्स टिम आबूधाबीको क्लोदिङ्ग पार्टनरको रुपमा छ । यसैक्रममा पारस र एडिडासबीच सम्झौता हुन पुगेको हो । पारसले नेपालमा भएको चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशबाट सुरुवाती दुई खेल खेलेर युएई गएका थिए ।
पारसकै टोलीमा रहेका युवा अलराउन्डर कुशल मल्लले टि१० लिगमा हालसम्म मौका पाएका छैनन् । मराठा अरेवियन्सबाट सोमपाल कामी र पुणे डेभिल्सबाट करण केसी भने पहिलो रोजाईमा निरन्तर खेलिरहेका छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]