default_image

5 years ago

February 4, 2021

राष्ट्रिय टोलीमा १५ वर्षीय अर्जुनसहित ४ नयाँ अनुहार

293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १५ वर्षिय युवा ब्याट्सम्यान अर्जुन कुमाल सहित चार नयाँ अनुहारलाई पहिलो पटक समेट्दै नेपालले ओमानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि ३२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणमा अर्जुन कुमाल सहित तीव्र गतिका बलर अनुज चुनारा, युवा अलराउन्डर विवेक यादव र खडक बहादुर बोहरा पहिलो पटक टोलीमा परेका छन् । त्यस्तै पृथु बास्कोटा, सुनिल धमला, कृष्ण कार्की, हरिशंकर शाह र सौरभ खनालले टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले मार्च १९ देखि २८ सम्म ९चैत्र ६ देखि १५० ओमानमा त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने छ । आइसिसी वर्ल्ड कप सुपर लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच एकदिवसिय त्रिकोणात्मक सिरिज हुने छ ।

क्यानले यसै साता सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रर्दशनलाई आधार मानेर टोली बन्द प्रशिक्षणमा बोलाएको छ । टोलीमा युवा खेलाडीको बाहुल्यता हुँदा अनुभवी ब्याट्सम्यान ओपनर सुबास खकुरेल र स्पिनर वसन्त रेग्मी भने सुरुवाती टोलीमै अटाएका छैनन् ।

बोलाईएका पाँच नयाँ अनुहार मध्य तीन युवा ओपनर छन् । १५ वर्षिय अर्जुनले गण्डकी प्रदेशबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । अर्जुनले उमेर कलिलो भए मैदानमा परिपक्क ब्याटिङ गर्ने गर्दछन् । प्रदेश २ का युवा अलराउन्डर विवेक यादवले आक्रामक ब्याटिङको साथ लगातार दुई अर्धशतक बनाउदै सबैको मन जितेका थिए ।

विवेक प्रतियोगिता उदियमान खेलाडी घोषित भएका थिए । विवेकले तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । खडक बोहराले सुदूरपश्चिमबाट खेल्दै मध्यम प्रर्दशन गरेका थिए । यू१९ मा खडकले राम्रो छाप छोडेका छन् । कर्णाली प्रदेशका तीव्र गतिका बलर अनुज चुनाराले उत्कृष्ट बलिङ गरेका थिए । खडक र अर्जुन विकेटकिपर समेत हुन् ।

बन्द प्रशिक्षणमा बोलाईएका ३२ खेलाडी :

पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित नारायण राजवंशी, हरि शंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडक बहादुर बोहरा, अनुज चुनारा, पवन सरार्फ, शरद भेषावकर, अभिनास बोहरा, आरिफ शेख, दीपेन्द्र ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.