5 years ago
February 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि ३२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

यसपटक १५ वर्षिय अर्जुन कुमाल सहित युवा खेलाडीको बाहुल्यता छ । टोली बाहिर रहेका पृथु बास्कोटा देखि कृष्ण कार्कीले टोलीमा पूनरागमन गरेका छन् । नेपालले मार्च १९ देखि २८ सम्म (चैत्र ६ देखि १५) ओमानमा त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने छ । आइसिसी वर्ल्ड कप सुपर लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच एकदिवसिय त्रिकोणात्मक सिरिज हुने छ ।
क्यानले यसै साता सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रर्दशनलाई आधार मानेर टोली बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले पहिलो चरणमा २१ खेलाडीलाई माघ २४ देखि बन्द प्रशिक्षणमा राख्ने छ । यस पटक बन्द प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहँदै आएका खेलाडी समेत अटाएका छैनन् । जुन यस प्रकार छन् ।
वसन्त रेग्मी (स्पिनर)

नेपाली क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीलाई प्रशिक्षणमा बोलाईएको छैन । वसन्त पछिल्लो पटक नेपालबाट जुलाईमा भएको आइसिसी एसिया टि२० विश्वकप छनोट खेलेका थिए । त्यसयता वसन्त नेपाली टोलीमा छैनन् ।
प्रधानमन्त्री कपमा पनि वसन्तको प्रर्दशन औसत रहयो । वसन्तले ४ खेलमा ५ विकेट लिएका थिए । सेमिफाइनल र फाइनल भने खेलेनन् । चोटका कारण नखेलाएको एपिएफले जनाएको थियो । प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन हुन नसकेपछि युवा खेलाडीलाई मौका दिएको हुन सक्ने अनुमान गरिएको छ । अर्कोतर्फ उनी चोटको कारण पनि नखेलेका हुन सक्छन् ।
भुवन कार्की (स्पिनर)

स्पिनर भुवन कार्कीले नेपालबाट पछिल्लो समय गतवर्ष थाईल्यान्डमा भएको एसिसी टि२० इस्टर्न रिजन छनोट खेलेका थिए । एपिएफबाट प्रधानमन्त्री कप खेलेका भुवनले ६ खेलमा ९ विकेट लिएका थिए । युवा स्पिनरको बाहुल्यता र उच्च प्रर्दशन हुँदा छनोट समितिले टोली बाहिर राखेको छ ।
सुबास खकुरेल (विकेटकिपर ब्याट्सम्यान)

अनुभवी विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेल पनि बन्द प्रशिक्षणमा छैनन् । उनले पछिल्लो पटक नेपालको टोलीबाट गतवर्ष माघमा नेपालमा भएको ओमान र अमेरिकासँग एकदिवसिय त्रिकोणात्मक सिरिज खेलेका थिए ।
एपिएफबाट प्रधानमन्त्री कप खेलेका सुबासले प्रर्दशन भने कमजोर गरेका थिए । ६ खेलमा १ सय १३ रन बनाएका थिए । तर सुबास भन्दा अन्य युवा ओपनरले उत्कृष्ट प्रदर्शन गर्दा उनी बन्द प्रशिक्षण टोलीमा अट्न सकेनन् ।
राशिद खान (तीव्र गतिका बलर)

युवा तीव्र गतिका बलर राशिद खान पनि टोलीको बन्द प्रशिक्षणमा अटाएका छैनन् । राशिदले नेपालबाट १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध खेलेका थिए । त्यसयता टोलीमा छैनन् । नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप खेलेका उनले ५ खेलमा ३ विकेट लिएका थिए । तीव्र गतिका सोमपाल कामी, करण केसी, अभिनास बोहरा, कमलसिंह ऐरी लगायतका बलर हुँदा उनी अट्न सकेनन् ।
किशोर महतो (तीव्र गतिका बलर)

तीव्र गतिका बलर किशो महतोले गत वर्ष थाईल्यान्डमा भएको इस्टर्न रिजन छनोटमा अन्तिम १४ मा परेपनि डेब्यू गर्न पाएका थिएनन् । उनलाई पनि सुरुमै बोलएको छैन । उनले एपिएफबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए ।
त्यस्तै टोलीमा युवा ब्याट्सम्यान लोकेश बम, रित गौतम, विकेटकिपर अनिल कुमार शाह पनि रहेका छैनन् । लोकेशले आर्मीबाट खेल्दै राम्रो प्रर्दशन गरेपनि उनी टि२० विशेष खेलाडी हुन् । लोकेशलाई नेपालले टि२० मा बढी केन्द्रित दिने छ । अनिलले पीएम कपमा औसत प्रदर्शन गरेपनि विकेटकिपरको रुपमा विनोद भण्डारीको विकल्पमा आसिफ शेख, खडक बोहोरा, अर्जुन कुमाल लगायत समेटिएका छन् । अस्वस्थताका कारण प्रतियोगिताको दुई खेलमा मात्र सहभागी रितको प्रदर्शन राम्रो रहेको थिएन ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]