default_image

5 years ago

February 5, 2021

राष्ट्रिय टोलीका नयाँ अनुहार (सम्पूर्ण जानकारी)

190 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप सुपर लिग-२ अन्तर्गत ओमान भ्रमणको लागि ३२ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणमा बोलाएका ३२ मध्य २१ जना खेलाडीलाई पहिलो चरणमा प्रशिक्षणमा राखिने छ । पहिलो पटक नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका ४ खेलाडी छन् । यी चारै जनाको उमेर १८ वर्षभन्दा कम छ । यसै साता काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आधार मान्दै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

नेपाल, ओमान र अमेरिकाबीच चैत ६ देखि १५ सम्म एकदिवसिय त्रिकोणात्मक सिरिज चल्ने छ । पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका चार खेलाडीको सम्पूर्ण जानकारी यस प्रकार छ ।

१. अर्जुन कुमाल (ब्याट्सम्यान)

१५ वर्षिय युवा ब्याट्सम्यान तथा विकेटकिपर अर्जुन कुमालले पहिलो राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशबाट प्रधानमन्त्रीकप खेल्दै उत्कृष्ट प्रभाव छोडेका थिए । उमेर समूहमा ठूलो आशा देखाएका अर्जुनले राष्ट्रिय प्रतियोगितामा अझ बढी प्रभावित पारे ।

अर्जुनको उमेर कलिलो छ । तर मैदानमा उनले ब्याट चलाउने शैली परिपक्व खेलाडीको भन्दा कम छैन । उत्कृष्ट सट छनोट, धैर्यवान अनि जिम्मेवारी ब्याटिङले सबैलाई प्रभावित पार्दछ । छनोटकर्ता पनि त्यसबाट टाढा रहने कुरा थिएन । अर्जुनले आर्मीविरुद्ध खेल्दै डेब्यू गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले भरिभराउ आर्मीविरुद्ध ३६ रनको इनिङ खेल्दै यादगार डेब्यू गरेका थिए । त्यसपछि अर्जुनले प्रदेश एक विरुद्ध ३५ र कर्णालीविरुद्ध ४६ रनको इनिङ खेलेका थिए । उनले ओपनिङ गर्दै राम्रो प्रर्दशन गरे ।

पुर्ख्यौली घर गुल्मी भएका अर्जुन भारतमै जन्मेर हुर्केका हुन् । उनी नेपालमा खेल नभएको समयमा भारतमै बस्ने गर्दछन् । बन्द प्रशिक्षणमा परेपछि आमा विष्णु कुमालसँग उनी शुक्रबारनै नेपाल फर्किन लागेका छन् । भारतीय क्रिकेट वातावरणमा हुर्केका उनको खेल्ने शैली अब्बल छ ।

अर्जुन १३ वर्षको उमेरमा नेपाल आएका थिए । पहिलो प्रयासमै उनले सबैलाई प्रभावित पारेर फर्किएका थिए । २०७५ चैतमा यू१६ क्रिकेट लिगमा उत्कृष्ट प्रर्दशन गरेपछि नेपालको यू१६ टोलीमा पर्न सफल भए ।

अर्जुनले सन् २०१९ अप्रिलमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन यू१६ प्रतियोगिता खेलेका थिए । उक्त प्रतियोगितामा म्यानमारविरुद्ध १५ बलमा ४ चौका प्रहार सहित २६ रनमा अविजित रहेका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ४७ बलको सामना गरि १ चौका सहित १६ रन जोडे ।

गण्डकी प्रदेश छनोटमा कास्कीबाट खेल्दै अर्जुन सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । अर्जुन प्रधानमन्त्री कप सकिएपछि दिल्ली पुगेका थिए । तर उता पुगेको केहि दिन नबित्दै उनी खुसीका साथ नेपाल फर्कंदै छन् ।

२.अनुज चुनारा (तीव्र गतिका बलर)

तीव्र गतिका बलर अनुज चुनाराले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । अनुजको घर जाजरकोट हो । कर्णाली प्रदेशबाट चुनाराले डेब्यू प्रधानमन्त्री कपमा ४ खेल खेल्दै ८ विकेट लिए । अनुशासित लाइन एन्ड लेन्थ तथा नियन्त्रित बाउन्सर उनको खुबी हो ।

अनुजले आर्मीविरुद्ध मुलपानीमा डेब्यू गरेका थिए । आर्मीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको विकेट लिँदै प्रतियोगिता सुरुवात गरेका थिए । गण्डकी र प्रदेश एक सँग २–२ विकेट लिए । समूह चरणको अन्तिम खेलमा एपिएफविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका थिए ।

विभागीय टोली एपिएफलाई कर्णालीले २ सय १८ रनमै अल आउट गरेको थियो जसक्रममा चुनाराले नेपाली क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई ८, रित गौतमलाई शून्य र भुवन कार्कीलाई १५ रनमा आउट गरेका थिए ।

अनुजले त्यसअघि गतवर्ष इनरुवामा भएको मनमोहन मेमोरियल क्रिकेट प्रतियोगिता कर्णालीबाट खेलेका थिए । अनुज चितवनमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्काको एकेडेमीमा बसेर क्रिकेट सिक्ने गर्दछन् ।

३.विवेक यादव (अलराउन्डर)

१७ वर्षीय अलराउन्डर विवेक यादवले तीव्र गतिमा बलिङ गर्नुको साथै तल्लोक्रममा आक्रामक ब्याटिङ र ठूला सट प्रहार गर्ने गर्दछन् । निडर स्वभावका विवेकले यस सिजनको प्रधानमन्त्री कपका उदीयमान खेलाडी समेत भए ।

विवेकले सातौं राष्ट्रिय प्रतियोगिताबाट नेपाली क्रिकेटमा पाइला टेकेका हुन् । गतपर्ष भारतमा यु१९ टोलीबाट डेब्यू गरेका थिए । राजविराज घर भएका उनी वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीमा नियमित प्रशिक्षण गर्ने गर्दछन् ।

गतवर्ष प्रधानमन्त्री कप खेलेपनि प्रर्दशन सोचे अनुसार हुन सकेको थिएन । तर यस पटक भने विवेकले उत्कृष्ट प्रर्दशन गरे । विवेकले ४ खेलमा १ सय ६७ रन बनाएका थिए । जसमा ८ चौका र १० छक्का सामेल छ । विवेकले तल्लोक्रममा ब्याटिङ गर्दै लगातार दुई अर्धशतक प्रहार गर्दै धेरैको ध्यान केन्द्रित गरेका थिए ।

लुम्बिनीविरुद्ध आठौं नम्बरमा ब्याटिङ गर्दै ४९ बलमा ३ चौका र ३ छक्का सहित ५१ रन जोडेका थिए । बागमतीविरुद्ध उनले नौं नम्बरमा ब्याटिङ गर्दै ७४ बलमा ३ चौका र ३ छक्का सहित ६६ रनको योगदान दिएका थिए । लगातार दुई अर्धशतक प्रहार गरेका विवेकले सुदूरपश्चिमसँग ४१ रन जोडेपछि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणको ढोका सहज बनेको थियो ।

पुलिससँग ९ रनमा आउट भएका थिए । तीव्र गतिमा बलिङ गर्ने उनले कुल ४ विकेट लिएका थिए । प्रदेश २ बाट निरन्तर घरेलु क्रिकेट खेल्दै आएका छन् ।

४. खडक बहादुर बोहरा (ब्याट्सम्यान)

सुदूरपश्चिमका १८ वर्षिय खडक बहादुर बोहरा पनि नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा ब्याट्सम्यान हुन् । खडक विकेटकिपर समेत हुन् । उनले उमेर समूह र घरेलु क्रिकेटमा नियमित राम्रो प्रर्दशन गर्दै आएका छन् ।

बैतडीका खडकले गत वर्ष मलेसियामा भएको एसिसी यू१९ रिजनमार्फत नेपाली टोलीमा डेब्यु गरेका थिए । जुन समय खडकले नियमित कप्तान आसिफ शेखको स्थान लिएका थिए । त्यसयता नियमित यु१९ क्रिकेट खेल्दै आएका छन् । आक्रामक र टोलीको आवश्यक दुबै अनुसार ब्याटिङ गर्ने खडक पनि नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् ।

उनले सिंगापुरविरुद्ध ९० बलमा १२ चौका सहित ९० रनको इनिङ खेलेका थिए । यस सिजनको प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको प्रर्दशन सम्झन लायक रहेन । तर खडकले भने राम्रो सुरुवात दिलाएका थिए । खडकले नेपाल पुलिस क्लबविरुद्ध ५३ बलमा ८ चौका सहित ४० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । प्रदेश २ विरुद्ध पनि खडकले राम्रो सुरुवात दिलाउने क्रममा ७३ बलमा ३ चौका सहित ४३ रन जोडेका थिए ।

तेस्रो संस्करणको प्रधानमन्त्री कपमा खडक उदीयमान खेलाडी घोषित भए । उनी हिमालयन क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिँदै आएका छन् । यस सिजनमा सुदूरपश्चिमले खडकलाई उप कप्तानको जिम्मेवारी पनि दिएको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.