default_image

5 years ago

February 5, 2021

भारतविरुद्ध पहिला ब्याटिङ गर्दै इंग्ल्यान्ड

113 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेष्ट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । चेन्नईमा इंग्ल्यान्डका कप्तान जो रुटले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

इंग्ल्यान्डले भारतविरुद्ध आफ्ना प्रमुख दुई तीब्र गतिका बलर मैदान उतारेको छ । पार्टटाइममा बेन स्टोक्स रहेका छन् । यता भारतले स्पिनर शहबाज नदिमलाई डेब्यू गराएको छ । भारत तीन प्रमुख स्पिनरका साथ मैदान उत्रने छ । इशान्त शर्मा र जस्प्रित बुमराह टोलीमा फर्किका छन् ।

अघिल्लो महिना प्रमुख खेलाडी विनानै अष्ट्रेलियामा चार टेष्ट सिरिज २–१ ले जितेको भारत उच्च मनोबलमा छ । दुई साता अघि श्रीलंकासँग दुई टेष्ट क्लिनस्विप गरेको इंग्ल्यान्ड पनि उत्कृष्ट प्रर्दशन गर्न चाहान्छ । इंग्ल्यान्डका कप्तान जो रुट उच्च लयमा छन् । करिअरको एक सय औं टेष्ट खेलेका रुटको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

आइसिसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन यी दुबै टोलीलाई यस चार टेष्ट सिरिजमा उत्कृष्ट जित निकाल्नुपर्ने समीकरण बनेको छ । इंग्ल्यान्डलाई फाइनलमा पुग्न सिरिज कम्तिमा ३ खेल जित्नुपर्ने हुन्छ । भारतलाई २–०, २–१, ३–० ३–१ वा ४–० ले सिरिज जित्नुपर्ने हुन्छ ।

इंग्ल्यान्डलाई फाइनलमा पुग्न ३–१, ३–० वा ४–० ले सिरिज जित्नुपर्ने हुन्छ । अन्य नतिजा आएमा भने अष्ट्रेलिया फाइनलमा पुग्ने छ । न्युजिल्यान्ड फाइनलमा पुग्ने पहिलो टोली बनि सकेको छ । वल्र्ड च्याम्पियनसिप फाइनल आगमी जुनमा लर्ड्समा हुने छ ।

दुवै टोलीको प्लेइङ ११ :

भारत : रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने, ऋषभ पन्त (विकेटकिपर), वासिन्टन सुन्दर, रविचन्द्रन आश्विन, ईशान्त शर्मा, जस्प्रित बुमराह, शहबाज नदिम ।

इंग्ल्यान्ड : रोरी बर्न्स, डोम सिब्ले, ड्यान लरेन्स, जो रुट (कप्तान), बेन स्टोक्स, ओली पोप, जस बटलर (विकेटकिपर),डोमिनिक बेस, जोफ्रा आर्चर, ज्याक लेच र एम्स एन्डरसन ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.