default_image

5 years ago

February 5, 2021

भारतविरुद्ध शतक बनाउँदै रुटले रचे नयाँ इतिहास

115 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेष्ट खेलको पहिलो इनिङमा कीर्तिमानी शतक प्रहार गरेका छन् ।

चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिन पहिलो इनिङमा तेस्रो सेसन जारी रहँदा २ विकेट गुमाउँदै २ सय २७ रन बनाएको छ । रुटले १ सय ६४ बलमा १२ चौका सहित आफ्नो टेष्ट करिअरको २० औं शतक प्रहार गरेका हुन् । आफ्नो टेष्ट करिअरको १०० औं टेष्ट खेलि रहेका रुटले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि इंग्ल्यान्डले बलियो सुरुवात गरेको छ ।

रुटले यो सँगै नयाँ कीर्तिमान पनि बनाएका छन् । व्यक्तिगत ९८, ९९ र १०० औं टेस्ट खेलमा लगातार शतक बनाउने रुट पहिलो खेलाडी बनेका छन् । यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो खेलमा १ सय ८६ रनको इनिङ खेलेका थिए । भारतविरुद्ध शतक बनाउँदै रुटले टेष्ट इतिहासमा नयाँ इतिहास रचेका हुन् ।

इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लेले ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर स्पिनर रविचन्द्रन आश्विनले २४ औं ओभरमा रोरीलाई विकेटकिपर ऋभष पन्तबाट ३३ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । रोरीले ६० बलमा २ चौका प्रहार गरे । ड्यान लरेन्सलाई जस्प्रित बुमराहले शून्यमै एलबिडब्लू आउट गरेका थिए ।

तर तेस्रो विकेटका लागि रुट र सिब्लेले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो योगफलको बाटो देखाएका छन् । तेस्रो सेसन जारी रहँदा तेस्रो विकेटका लागि रुट र सिब्लेले १ सय ६४ रनको अविजित साझेदारी गरि सकेका छन् । सिब्ले पनि शतकतर्फ अग्रसर छन् । सिब्ले २ सय ५० बलमा १२ चौका सहित ८३ रनमा खेलि रहेका छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.