5 years ago
February 5, 2021
एजेन्सी – कप्तान जो रुटको सानदार कीर्तिमानी शतकसँगै भारतसँगको पहिलो टेष्ट खेलको पहिलो इनिङमा इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ ।

चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तिमा ८९.३ ओभरमा ३ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको छ । कप्तान जो रुट १ सय ९७ बलमा १४ चौका र १ छक्का सहित १ सय २८ रनमा अविजित छन् ।
तेस्रो विकेटका लागि रुट र डोमिनिक सिब्लेले ३ सय ९० बलमा २ सय रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि भारत पहिलो दिन घरेलु मैदानमा निरिह बनेको थियो । सिब्ले भने दिनको अन्तिम ओभरमा जस्प्रित बुमराहको बलमा एलबिडब्लू धराप परे । ओपनर सिब्ले २ सय ८६ बलमा १२ चौका सहित ८७ रनमा आउट भए ।
रुटले १ सय ६४ बलमा १२ चौका सहित आफ्नो टेष्ट करिअरको २० औं शतक पूरा गरेका थिए । आफ्नो टेष्ट करिअरको १०० औं टेष्ट खेलि रहेका रुटले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि कीर्तिमान बनाउन सफल भएका थिए । व्यक्तिगत ९८, ९९ र १०० औं टेस्ट खेलमा लगातार शतक बनाउने रुट पहिलो खेलाडी बनेका छन् ।
यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो खेलमा १ सय ८६ रनको इनिङ खेलेका थिए । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लेले ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर रविचन्द्रन आश्विनले २४ औं ओभरमा रोरीलाई विकेटकिपर ऋभष पन्तबाट ३३ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । रोरीले ६० बलमा २ चौका प्रहार गरे । ड्यान लरेन्सलाई जस्प्रित बुमराहले शून्यमै एलबिडब्लू आउट गरेका थिए । तर त्यसपछि भने रुट र सिब्ले सामु भारतीय बलर निरिह बन्न पुगेका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]