5 years ago
February 5, 2021
एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ पनि नखेल्ने भएका छन् । १८ फेब्रुअरीमा चेन्नईमा हुने अक्सनमा कुल १ हजार ९७ खेलाडी छन् ।

जसमा भारतीय ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी छन् । तर स्टार्कले भने आफ्नो नाम दिएका छैनन् । अष्ट्रेलियाबाट कुल ४२ खेलाडीको नाम अक्सनमा दर्ता गराउँदा स्टार्कले भने दिएका छैनन् । स्टार्क यस आइपिएलमा सर्वाधिक महँगो मूल्यमा विक्न सक्ने खेलाडी मध्यका खेलाडी हुन् । उनलाई अक्सनमा रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलाभेन पन्जाबबीच अक्सनमा पैसाको वर्षा हुन सक्ने अनुमान गरिएको थियो ।
स्टार्कले अन्तिम पटक सन् २०१५ मा बेंगलोरबाट आइपिएल खेलेका थिए । त्यसयता भने स्टार्क आइपिएल खेलेका छैनन् । सन् २०१८ मा कोलकाता नाइट राइडर्सले स्टार्कलाई ९ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । तर स्टार्क चोटका कारण आफ्नो नाम फिर्ता लिएका छन् ।
पछिल्ला दुई संस्करणमा भने स्टार्कले आफ्नो नामनै अक्सनमा उपलब्ध गराएका छैनन् । योर्करका माहिर स्टार्कले अक्सनमा नाम दिएको करोडको वर्षा हुन सक्ने खेलाडी थिएन । अक्सनमा नेपालका ८ खेलाडी सहभागि हुने छन् ।
एसोसिएटबाट सर्वाधिक ९ खेलाडी यूएईका छन् । टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् । नेदरल्यान्ड्सबाट एक, स्कटल्यान्डबाट ७, युएईबाट ९ र अमेरिकाबाट २ खेलाडी अक्सनमा छन् । अफगानिस्तानबाट ३०, अष्ट्रेलियाबाट ४२, बंगलादेश ५, इंग्ल्यान्ड २१, आयरल्यान्ड २, न्युजिल्यान्ड २९, दक्षिण अफ्रिका ३८, श्रीलंका ३१ र वेस्टइन्डिजबाट ५६ खेलाडी छन् ।नेदरल्यान्ड्सबाट एक, स्कटल्यान्डबाट ७, युएईबाट ९ र अमेरिकाबाट २ खेलाडी अक्सनमा छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]