default_image

5 years ago

February 5, 2021

यी हुन् आइपिएल अक्सनमा परेका नेपालका ८ खेलाडी

151 views

0 Bookmark

एजेन्सी – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् ।

क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा छन् । क्यान नहुँदा एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक संघमार्फत नाम दर्ता गराएका हुन् ।

आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । जसमा कुल १ हजार ९७ जना अक्सनको दर्तामा सहभागी रहेका छन् । यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् ।

अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । एसोसिएट २७ मध्य नेपालबाट मात्रै ८ खेलाडी परेका हुन् । आइपिएल अक्सनमा ६१ खेलाडी विक्ने छन् । एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ । जसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी रहेका छन् ।

एसोसिएटबाट सर्वाधिक ९ खेलाडी यूएईका छन् । टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् । नेदरल्यान्ड्सबाट एक, स्कटल्यान्डबाट ७, युएईबाट ९ र अमेरिकाबाट २ खेलाडी अक्सनमा छन् । अफगानिस्तानबाट ३०, अष्ट्रेलियाबाट ४२, बंगलादेश ५, इंग्ल्यान्ड २१, आयरल्यान्ड २, न्युजिल्यान्ड २९, दक्षिण अफ्रिका ३८, श्रीलंका ३१ र वेस्टइन्डिजबाट ५६ खेलाडी छन् ।

सन्दीपलाई यस‌ सिजनका लागि दिल्लीले फुकुवा गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजन बिताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए । सन् २०२० मा पुरै समय बेन्चमा बसेपनि २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.