5 years ago
February 5, 2021
एजेन्सी – बंगलादेशले वेस्टइन्डिजविरुद्ध पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा बंगलादेशले २ सय १८ रनको अग्रता लिएको छ ।

दोस्रो इनिङमा बंगलादेश २० ओभरमा ४७–३ को अवस्थामा छ । कप्तान मोमिनुल हक ३१ र मुश्फिकुर रहिम १० रनमा अविजित छन् । शादमान ईस्लाम ५, तमिम इकबाल र नज्मुल सान्टोले खाता खोल्न सकेनन् । वेस्टइन्डिजका स्पिनर रेहकम कर्नवालले २ विकेट लिए ।
त्यसअघि वेस्टइन्डिज पहिलो इनिङमा २ सय ५९ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा समग्रमा वेस्टइन्डिज १ सय ७१ रनले पछि थियो । ओपनर क्रेग ब्रेथवेटले १ सय ११ बलमा १२ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए ।
मध्यक्रमका ब्याट्सम्यान जर्मेन ब्ल्याकवुडले १ सय ४६ बलमा ९ चौका सहित ६८ रनमा क्याच आउट भएका थिए । काइल मेयर्स ४०, जशुवा डी शिल्भा ४२ र नक्रम बोनर १७ रनमा आउट भए । बंगलादेशका स्पिनर मेहिदी हसन मिराजले सर्वाधिक ४ विकेट लिए । मुस्ताफिजुर रहमान, ताइजुल इस्लाम र नइम हसनले २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश पहिलो इनिङमा ४ सय ३० रनमा अल आउट भएको थियो । बंगलादेशलाई विशाल योगफलमा पुर्याउन तल्लोक्रमका युवा अलराउन्डर मेहिदी हसन मिराजले १ सय ६८ बलमा १३ चौका सहित १ सय ३ रनको शतकीय इनिङ खेले । आठौं नम्बरमा ब्याटिङ गरेका स्पिन अलराउन्डर मिराजको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । सकिब अल हसन १ सय ५० बलमा ५ चौका सहित ६८ रनमा आउट भए ।
विकेटकिपर लिटन दास ६७ बलमा ६ चौका सहित ३८ रनमा बोल्ड आउट भए । ओपनर शादमान इस्लाम १ सय ५४ बलमा ६ चौका सहित ५९ रनमा एलबिडब्लू आउट भए । रन आउट हुनुअघि नज्मुल हसन सान्टोले ५८ बलमा ३ चौका सहित २५ रन जोडे ।
कप्तान मोमिनुल हक ९७ बल खेल्दै २ चौका सहित २६ रनमा क्याच आउट हुन पुगेका थिए । वेस्टइन्डिजका जोमल वारिकानलेले सर्वाधिक ४ विकेट लिए । रेहकम कर्नवालको नाममा २ विकेट रह्यो । वेस्टइन्डिजसँगको तीन ओडिआई सिरिज बंगलादेशले क्लिनस्विप गरेको थियो । दुई टेष्ट सिरिजमा घरेलु टोली बंगलादेश त्यस्तै नतिजा निकाल्न खोज्ने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]