5 years ago
February 6, 2021
एजेन्सी – अष्ट्रेलिया बिग ब्यास लिग २०२०/२१ सिजनको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । सिक्सर्सले शनिबार फाइनलमा पर्थ स्कोचर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो ।

सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सलेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । ओपनर जेम्स भिन्सले ६० बलमा १० चौका र ३ छक्का सहित ९५ रनको योगदान दिएका थिए । ओपनर तथा विकेटकिपर जोश फिलिपे ९, मोइजेस हेनरिक्स १८, जोर्डन सिल्क १७ र ड्यानियल क्रिष्टियनले २० रनको योगदान दिए । पर्थका झेय रिचर्ड्सन र एन्ड्रुय टाईले २–२ विकेट लिए ।
जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६१ रन बनाउन सक्यो । लियाम लिभिङस्टोनले ४५, क्यामरन ब्रेनकफ्ट ३०, जोश इंगलिसले २२ र आरोन हार्डेले २६ रनको योगदान दिए । बेन द्वाराहुसिले सर्वाधिक ३ विकेट लिए । ज्याक्सन बर्ड, सन एबट र ड्यानियल क्रिष्टियनले २–२ विकेट लिए ।
सिक्सर्सले गतवर्ष मेलबर्न स्टार्सलाई १९ रनले हराउँदै उपाधि जितेको थियो । सिड्नीले समग्रमा तेस्रो पटक उपाधि जितेको हो । पहिलो संस्करणमा २०११/१२ मा पर्थलाईनै हराउँदै सिक्सर्सले उपाधि जितेको थियो ।
सिक्सर्सका युवा ब्याट्सम्यान तथा विकेटकिपर जोश फिलिपे प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भए । फिलिपेले प्रतियोगितामा १६ खेलमा ३ अर्धशतक सहित कुल ५ सय ८ रन बनाएका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]