9 years ago
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आईसीसी महिला विश्वकप छनोट खेल्न बिहीबार हङकङ जाँदैछ ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु वर्मा र रश्मी शर्मा रहेका छन् ।

हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म हुने छनोटमा नेपालसहित हङकङ, चीन र थाइल्यान्ड गरी ४ राष्ट्रले दोहोरो राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा शीर्ष स्थानमा रहने टोलीले टोलीले ‘ग्लोबल क्वालिफायर’ मा खेल्ने अवसरमा पाउने छ । नेपालले पहिलो खेल हङकङ विरुद्ध अक्टोबर ९ मा खेल्नेछ ।
नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात तथा व्यवस्थापकमा राखेपकी सदस्य अस्मिता गुरुङ रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य सैलेश कर्माचार्यलगायतले टोलीलाई सफलताको शुभकामना दिदै बुधबार बिदाइ गरे । सदस्य–सचिव विष्टले देशवासीलाई खुशी तुल्याउन नेपाली टोलीका लागि छनोट सुनौलो अवसर भएको बताएका थिए ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]