5 years ago
March 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा आर्थिक सहयोग जुटाउन ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै हाम्रो रंगशालामा मेरो कुसी अवधारणा सार्वजनिक गरिएको हो । यस अभियान अन्तर्गत प्रत्येक व्यक्ति, संस्था र समूहले आ आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्सी सुरक्षित गर्न सक्ने छन् । एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने हुन्छ ।
मोबाइल एप्स, फेसबुक र अन्य संचार माध्यमहरु मार्फत एक महिना भित्र सार्वजनिक रुपमा उपलब्ध गराइले फाउन्डेसनले जनाएको छ । यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्ब संकलन हुने अपेक्षा गरिएको छ ।
२०७५ देखि २०७७ साल देखि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ४५ रुपैयाँ मात्र संकलन भएको छ । खर्च ४३ करोड ४६ लाख ६ हजार ३ सय खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । ११ करोड १७ लाख ८२ हजार ऋणमा छ । रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ । परियोजना निर्माणको कुल लागत रकमको ९.१० प्रतिशतक संकलन भएको छ ।
३० हजार समर्थक अट्ने क्षमता भएको यस रंगशाला विशेष त सिंगो देशको प्रतिष्ठासँगै राष्ट्रिय एकताको परियोजना समेत हो । यस निर्माणधीन रंगशालामा सिंगो देश हेर्न सकिन्छ । योजनामा ७७ वटा कोठा छन् । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म, झापा सुनसरी हुँदै कैलाली कञ्चनपुर सम्मको जिल्लाहरुलाई समेटेर ७७ वटा कक्ष निर्माणाधीन छन् ।
रंगशालाको छतमा ७७ वटै कमलका पत्ताहरु छन् । सात प्रदेशको प्रतिनिधित्व हुनेगरि फरक फरक गेट छन् । नेपालको धार्मिक, प्राकृतिक, सांस्कृतिक, मौलिक सम्पदा झल्किने गरि रंगशाला निर्माण भइरहेका छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]