default_image

9 years ago

October 13, 2016

वार्नरको १७३ले अष्ट्रेलियाको लज्जास्पद हार टरेन

159 views

0 Bookmark

हाम्रो खेलकुद – अष्ट्रेलियाका उपकप्तान डेभिड वार्नरले दोश्रो पारिमा १७३ रन बनाएपनि दक्षिण अफ्रीकाले वन डे सिरिजमा ५-०को जित हासिल गरेको छ।

warner

पहिलो ब्याटिङ्ग गरेर अष्ट्रेलियासामु ३२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको दक्षिण अफ्रिकाले पहिलोपटक अष्ट्रेलियालाइ सिरिज व्हाइटवास गरेको हो। दक्षिण अफ्रिकाको लागि राइली रुसोले शतक प्रहार गरेका थिए भने जेपी ड्युमिनीले ७३ रन प्रहार गर्दै इनिंग्स सम्हालेका थिए। अष्ट्रेलियाको लागि मिनी र ट्रेमेनले समान ३-३ विकेट लिएका थिए।

जवाफी ब्याटिङ्गमा उत्रेको अष्ट्रेलियाको लागि डेभिड वार्नर बाहेक अन्य कुनै ब्याट्सम्यानले ठुलो स्कोर बनाउन सकेनन।वार्नरले १३६ बलमा २४ चौकको मद्दतले १७३ रन बनाएका थिए।  मिचेल मार्श र ट्राभिस हेडले ३५-३५ रन बनाएर साथ् दिन खोजे पनि सफल हुन सकेनन। ४८.२ ओभरमा आलआउट भएको अष्ट्रेलियाले २९६ रन मात्र जोड्न सक्यो र ३१ रनले पराजय बेहोर्यो।

हारसंगै पहिलोपटक पांच खेलको सिरिजमा व्हाइटवास व्यहोरेको अष्ट्रेलियाका डेभिड वार्नर म्यान अफ द म्याच घोषित भए।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.