9 years ago
October 18, 2016
काठमाडौं, (हाम्रो खेलकुद)– एसिया कप क्रिकेट खेल्ने अवसरलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रिले विश्वकप खेल्नु सरहै हुने बताइकी छिन् । महिला विश्व कपको एसिया छनोटमा उपविजेता बनेको नेपाली टोली मंगलबार स्वदेश आइपुगेपछि रुविनाले यस्तो विचार राखेकी हुन् ।
रुविनाले टोली एसिया कप लागि छनोट हुनु ठूलो उपलब्धी भएको पनि बताइन् । ‘ विश्वकपमा छनोट हुँदा भारत, पाकिस्तान, इङ्ल्यान्ड र अस्ट्रेलियासँग खेल्न पाइन्थ्यो, ’ उनले भनिन्, ‘अब एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग खेल्न अवसर मिल्नेछ । ’ एसिया कप नोभेम्बरमा थाइल्यान्डमा हुनेछ ।

एसिया छनोटमा सहभागि चार मध्ये नेपाल दोस्रो भएको थियो । एसियाबाट थाइल्यान्ड विश्वकप ग्लोबल छनोटमा पुग्न सफल भएको थियो । जसमा आयोजक हङकङ र चीनको पनि सहभागिता थियो । छनोटको उपविजेता हुँदै नेपालले अर्को महिला थाइल्यान्डमा हुने एसिया कपमा स्थान पक्का गरेको हो । छनोटमा नेपालले खेलेका ६ मध्ये ३ खेलमा जित र ३ मा हार बेहोरेको थियो । उनले एसिया कपका लागि तत्काल तयारी सुरु गर्न आवश्यक रहेको बताइन् ।
महिला टोलीका प्रशिक्षक राजु बस्न्यातले एसिया कपमा श्रीलंका, बंगलादेश जस्ता टोलीलाई हराउने लक्ष्यका साथ खेल्नु पर्ने बताएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]