default_image

9 years ago

October 19, 2016

सन्चुरी बैंक कर्पोरेट क्रिकेटमा प्रभुको दोहोरो जित

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रभु बैंकले तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई खेल जितेको छ । अन्य खेलमा सिप्रदी, एनएमबी, निम्बस, मेगा बैंक, नेपाल एसबिआई बैंक, र सन्चुरी बैंकले सफलता हासिल गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह ‘ए’ प्रभु बैंकले माछापुच्छ«े बैंकलाई २९ र अर्को खेलमा नबिल बैंकलाई ३८ रनले हरायो । प्रभु बैंकको दुवै जितमा राजु केसी म्यान अफ दी म्याच छानिए । माछापुच्छ«ेविरुद्ध प्रभुले निर्धारित ५ ओभरमा विकेट नगुमाई ९६ रन बनायो । राजुले अविजित ३३ रन बनाए । प्रतिउत्तरमा माछापुच्छ«ेले ५ ओभरमा ५ विकेट गुमाएर ६७ रन मात्र बनायो ।

3-6
प्रभुले निबलसँगको खेलमा १ विकेट गुमाउँदा राजुले २९ रन जोडे । जवाफमा नबिल बैंकले ३ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो ।
अन्य खेलमा मेगा बैंकले कुमारी बैंकलाई २४ रनले, नेपाल एसबिआई बैंकले सुविसुलाई ६ विकेटले र सेन्चुरी बैंले एनआईसी एसिया बैंकलाई १९ रनले हरायो । अरु खेलमा सिप्रदीले नेपाल टेलिकमलाई २ विकेट, एनएमबीले आइसिएफसीलाई ५ विकेटले,निम्बसले कान्तिपुर मिडिया ग्रुपलाई ३ विकेटले हराएको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.