5 years ago
April 12, 2021
एजेन्सी – कप्तान लोकेश राहुल र दीपक हुडाको विष्फोटक ब्याटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को चौथो खेलमा राजस्थान रोयल्सलाई २ सय २२ रनको विशाल लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनायो । पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेले । दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको विष्फोटक इनिङ खेले ।

तेस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर चेतन सकारिया मयंक अग्रवाललाई १४ रनमा विकेटकिपर सञ्जु स्यामसनबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि राहुल र क्रिस गेलले ४५ बलमा ६७ रनको साझेदारी गरेका थिए । दशौं ओभरको पाँचौं बलमा रियान परागले बेन स्टोक्सबाट गेललाई ४० रनमा क्याच आउट गराएका थिए । गेलले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसपछि राहुल र दीपकले रनको वर्षा गराएका थिए ।

तेस्रो विकेटका लागि दीपक र राहुलले ४५ बलमा १ सय ५ रनको विष्फोटक शतकीय साझेदारी गरेपछि पन्जाबले विशाल योगफल बनाउन सफल भएको हो । १८ औं ओभरको अन्तिम बलमा चेतनले फाइनल लेगमा उत्कृष्ट क्याच गरेपछि निकोलस पुरन शून्यमा आउट भएका थिए ।
क्रिस मोरिसले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका तीव्र गतिका देबे हाते बलर चेतन सकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । रियान परागले १ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]