5 years ago
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स क्रिकेट टोली वैशाख पहिलो साता कीर्तिपुर मैदानमा नेपाल र मलेसियासँग खेल्ने टि२० आई त्रिकोणात्मक सिरिजको लागि नेपाल आइपुगेको छ ।

नेदरल्यान्ड्सको टोली विहान ९ बजे त्रिभुवन विमानस्थलमा आई पुगेको हो । नेपाल क्रिकेट संघ(क्यान)का म्यानेजर विनोद दासले नेदरल्यान्ड्सको टोली त्रिभुवन विमानस्थल आइ पुगेको जानकारी दिएका छन् । नेदरल्यान्ड्सको टोली ल्याउन क्यानको एक टोली विमानस्थल पुगि सकेको छ । मलेसियाको टोली पनि दिउँसो १२ बजे नेपाल आइपुग्ने कार्यक्रम छ । यी दुबै टोली नेपाल आइपुगेको २४ घण्टा भित्र होटलमै रहने छन् । सबैको कोरोना परिक्षण हुने छ । कोरोना नेगेटिभ आएपछि मात्र मैदानमा प्रवेश गर्न पाउने छन् ।

नेदरल्यान्ड्ले आफ्नो पहिलो खेलमा नेपालसँग वैशाख ४ मा खेल्ने छ । दोस्रो खेलमा नेपालले मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ । नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ । क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । सबै खेल दिउँसो २ः१५ देखि सुरु हुने छन् । नेपाली टोली २० सदस्य टोली बन्द प्रशिक्षणमा छ । अन्तिम १४ सदस्य टोली घोषणा भने हुन बाँकी छ ।
त्रिकोणात्मक सिरिजको खेल तालिका
वैशाख ४ : नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ५ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ६ : नेपालविरुद्ध मलेसिया
वैशाख ७ : नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ८ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ९ : नेपालविरुद्ध मलेसिया
वैशाख १० : विश्राम
वैशाख ११ : फाइनल (लिगपछि शीर्ष दुईटोली)
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]