5 years ago
April 18, 2021
सुबास हुमागाईं, काठमाडौं
ओपनर म्याक्स ओडाउडले आइतबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सको क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरे । मलेसियाविरुद्ध आक्रामक ब्याटिङको उम्दा नमुना प्रस्तुत गर्दै उनले डच क्रिकेटका लागि अन्तर्राष्ट्रिय टि२० मा पहिलो शतक बनाए ।

मलेसियाविरुद्ध सुरुवातमा केहि संयमित देखिएका म्याक्सले अन्त्यतिर भने आक्रामक ब्याटिङ गर्दै विश्व क्रिकेटकै उत्कृष्ट मध्यको एक इनिङ खेले । उनले ७३ बलमा १ सय ३३ रन जोड्ने क्रममा १५ चौका र ६ छक्का प्रहार गरे । ३८ बलमा अर्धशतक पूरा गरेका उनले त्यसपछि शतकसम्म पुग्न मात्र २१ बल खर्चिए । उनले अर्धशतकबाट शतकसम्म पुग्दा समान ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।
नेदरल्यान्ड्सको टि२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । ‘निकै खुसी लागेको छ । यो मेरो लागि विशेष क्षण हो । नेदरल्यान्ड्सले क्रिकेट खेलेको लामो समय भइसकेको छ र म शतक प्रहार गर्ने पहिलो खेलाडी हुन पाउँदा हर्षित छु,’ उनले भने ।
ओडाउडले प्रहार गरेको १ सय ३३ रन टि२० आई क्रिकेटको सर्वाधिक स्कोर सुचिमा पाँचौ स्थानमा छ । उनीभन्दा अघि आरोन फिन्च (१७२, १५६), हज्रतुल्लाह जजाई (१६२ *) र ग्लेन म्याक्सवेल (१४५ *) मात्र रहेका छन् । ओडाउडले विश्व क्रिकेटका हस्तीहरु सँग आफ्नो नाम जोडीदा गौरवान्वित महसुस भएको बताए ।
मलेसिया र नेदरल्यान्ड्सबिचको खेल हेर्न आइतबार निकै कम दर्शक मैदान पुगेका थिए । ओडाउडले नेपालविरुद्ध खेलमा झैं दर्शकहरुको उपस्थिति भएको भए अझै राम्रो हुने बताए । उनले नेपालविरुद्ध खेलमा आफूले दर्शकहरुको उपस्थितिले गर्दा नै राम्रो प्रदर्शन गर्न नसकेको जिकिर गरे ।

‘पक्कैपनि समर्थकहरुको उपस्थितिमा शतक प्रहार गर्न पाएको भए बेग्लै मजा आउँथ्यो । नेपालविरुद्ध खेलमा जुन किसिमको वातावरण थियो, मैले आफ्नो करिअरमा कहिल्यै त्यस्तो अनुभव गरेको थिइनँ । खेललाई लिएर समर्थकहरुको लगाव प्रशंसनीय थियो । हो, धेरै दर्शक हुँदा मजा आउँथ्यो तर जति उपस्थिति हुनुहुन्थ्यो वहाँहरुले पनि राम्रो साथ दिनुभयो ।’
‘आज दर्शक धेरै नभएर खासै फरक परेन, तर पहिलो खेलमा भने त्यति धेरै समर्थक र हल्ला सुनेको थिइनँ । त्यसले गर्दा केहि ध्यान गुमाएको हुनसक्छ । आज केहि कम समर्थक हुँदा खेलमा ध्यान दिन सकें । आशा गरौं अब अर्को खेलमा नेपालको सामना गर्दा पुन: आजजस्तै प्रदर्शन गर्नेछु ।’ ओडाउड शनिबार नेपालविरुद्ध ११ बलमा १० रन जोड्दै सन्दीप लामिछानेको एलबीडब्लु धरापमा परेका थिए ।

पहिलो खेलमा पराजय भोगेको नेदरल्यान्ड्सले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो । ओडाउडले अब बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्न सकारात्मक रहेको अभिव्यक्ति दिए । उनले लामो समयपछि मैदानमा फर्केको कारण पनि शनिबार नेपालविरुद्ध खेल्न केहि कठिन भएको बताए ।
‘अब टोलीमा केहि तालमेल मिलेको छ । नेपालविरुद्ध झन्डै ५ सय ४० दिनपछि क्रिजमा उत्रँदा केहि कठिनाई भएको थियो । बलिङमा कहाँ सुधार गर्ने ठाउँ छ भन्ने थाहा पाएका छौं । ब्याटिङमा भने प्रदर्शन ठिकै छ,’ उनले भने, ‘मेरो व्यक्तिगत योजना भनेको स्वतन्त्र रुपमा खेल्नु हो । आफ्नो लक्ष्य के छ त्यसलाई हासिल गर्न सधैं अघि राख्छु ।’
नेपालले अब मंगलबार प्रतियोगिताको तेस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । त्यसअघि सोमबार नेपाल र मलेसियाबीच खेल हुनेछ । हालसम्म नेपाल र नेदरल्यान्ड्सको समान २-२ अंक भएपनि नेपाल नेट रनरेटको आधारमा शीर्षस्थानमा छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]