default_image

5 years ago

April 19, 2021

मलेसियाविरुद्ध कुशल मल्ल प्लेइङ-११ मा

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ निर्णय लिएका छन् ।

नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । आरिफ शेखको स्थानमा युवा अलराउन्डर कुशल मल्ललाई मौका दिएको छ । पहिलो खेलमा आरिफले ब्याटिङ गर्ने मौका पाएका थिएनन् । नेदरल्यान्ड्सलाई हराउन डेब्यूद्धय ओपनर कुशल भुर्तेल र आसिफ शेखले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए ।

कुशल ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालले १ विकेटको क्षतिमा सहज जित निकालेको थियो । देब्रे हाते अलराउन्डर कुशल मल्ललाई टोलीमा ल्याउँदा तल्लोक्रम ब्याटिङ थप मजबुत हुने छ । कुशल स्पिन पार्टटाइममा राम्रो विकल्प भएका बलर हुन् । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दा दोस्रो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।

हेड टु हेड :

नेपाल र मलेसियाबीच टि२० आईमा चार खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी हुँदा एक खेलमा पराजित भएको छ । पछिल्लो पटक नेपाल थाईल्यान्डमा एसिसी इस्टर्न रिजन एसिया छनोटमा पराजित भएको थियो ।

उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो । सन् २०१९ मा नेपालले मलेसियासँग दुई टि२० आई सिरिज ७ विकेट र ६ रनले जितेको थियो । २०१९ मा सिंगापुरमा भएको टि२० विश्वकप एसिया रिजनल छनोटमा ७ विकेटले नेपालले मलेसियालाई पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.