4 years ago
September 20, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले कीर्तिमानी २ सयौं खेल खेल्दै छन् । बेंगलोरले आज (सोमबार) साँझ कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दा वर्तमान समयका विश्वकै एक उत्कृष्ट ब्याट्सम्यान कोहलीले इतिहास रच्ने छन् ।

विराट कोहली आइपिएल इतिहासमा एकै टोलीबाट २ सयौं खेल खेल्ने पहिलो खेलाडी बन्दै छन् । समग्रमा कोहली आइपिएलमा २ सय खेल खेल्ने पाँचौं खेलाडी बन्ने छन् । आइपिएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनी हुन् ।
धोनीले हालसम्म २ सय १२ खेल खेलेका छन् । धोनीले चेन्नईसँगै राइजिङ पुणे सुपर जाइन्टबाट गरि दुई सय खेल खेलेका थिए । धोनी पछि आइपिएलमा सर्वाधिक खेल मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले २ सय ७ खेल खेलेका छन् । रोहितले मुम्बई र डेक्सन चार्जस गरि उक्त खेल खेलेका हुन् । कोलकाता विकेटकिपर दीनेश कार्तिकले २ सय ३ खेल खेलेका छन् ।

कार्तिकले कोलकाता सहित ६ टोलीबाट उक्त खेल खेलेका हुन् । चेन्नईका सुरेश रैनाले गुजरात लायन्सबाट गरि कुल २ सय १ खेल खेलेका छन् । विराट कोहलीलाई सन् २००८ मा बेंगलोरले यू१९ को डाफ्टबाट ५० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । २००८ मा दक्षिण अफ्रिकालाई हराउँदै भारतलाई यू१९ विश्वकप उपाधि जिताएका कप्तान विराट कोहली निकै चर्चामा थिए ।
कोहलीको हाल एक सिजनको पारिश्रमिक १७ करोड भारु छ । २०१३ देखि कोहलीले बेंगलोरको कप्तानी गर्दै आएका छन् । त्यसअघि २०११ मा पनि केहि खेलमा विराटले कप्तानी गरेका थिए । कोहलीले २००८ देखि हालसम्म एकै टोलीबाट खेल्दै आएका छन् । कोहली हालसम्म आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।
कोहलीले १ सय ९१ इनिङमा ६ हजार ७६ रन बनाएका छन् । जसमा ५ शतक र ४० अर्धशतक सामेल छ । विराटको कप्तानीमा बेंगलोर २०१५ र २०२० को सिजनमा प्लेअफ सम्म यात्रा तय गरेको थियो । अन्य सिजनमा लिग चरणबाटै बाहिरिएको थियो ।

विराटको कप्तानीमा बेंगलोर २०१६ को फाइनलमा पुगेपनि सनराइजर्स हैदराबादसँग ८ रनले पराजित हुन पुगेको थियो । जारी सिजनमा बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोर र कोलकाताबीचको खेल आज साँझ ७:४५ मा आबूधाबीमा सुरु हुने छ । एवि डिभिलियर्स, विराट र ग्लेन म्याक्सवेल जस्ता विश्व चर्चित खेलाडीले भोरिएको बेंगलोर पहिलो उपाधि जित्ने सोचमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]