default_image

3 years ago

May 26, 2021

गुमनाम अभिनाश

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट पछिल्लो समय बायाँ (देब्रे) हाते तीव्र गतिका बलर बिहिन छ । नेपालले पछिल्लो पटक सन् २०१८ अगष्टमा बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीलाई नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेल खेलाएको थियो । गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते भएपछि ललित विस्तारै मैदान फर्कने प्रयासमा छन् । हाल सोमपाल कामी र करण केसी तीव्र […]

100 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट पछिल्लो समय बायाँ (देब्रे) हाते तीव्र गतिका बलर बिहिन छ । नेपालले पछिल्लो पटक सन् २०१८ अगष्टमा बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीलाई नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेल खेलाएको थियो ।

गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते भएपछि ललित विस्तारै मैदान फर्कने प्रयासमा छन् । हाल सोमपाल कामी र करण केसी तीव्र गतिका पहिलो रोजाइका खेलाडी हुन् । अभिनाश बोहरा टि२० मा आफ्नो स्थान बलियो बनाएका छन् । यसबिचमा कमलसिंह ऐरी र राशिद खानले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।

घरेलु क्रिकेटमा प्रभाव जमाउँदै आएका किशोर महतो, विक्रम सोब, नन्दन यादव लगायतका खेलाडी डेब्यूको प्रतीक्षामा छन् । तर यी सबै दायाँ हाते बलर हुन् । उमेर समूहमा प्रतिश जि.सी बायाँ हाते बलरमा आशालाग्दो खेलाडी हुन् । घरेलु क्रिकेटमा पनि दायाँ हाते बलरको नै बाहुल्यता छ । तर उमेर समूहमा आशालाग्दो प्रदर्शन गरेका २६ वर्षिय बायाँ हाते तीव्र गतिका बलर अभिनाश कर्ण नेपाली क्रिकेटमा अहिले गुमनाम छन् ।

अभिनाश २०१३ मा एसिसी यू-१९ इलिट कप मा ६ खेलमा २४ विकेट लिँदै प्रतियोगिता सर्वोत्कृष्ट बलर चुनिएका थिए । त्यसै प्रतियोगितामा बहराइनविरुद्ध एक ह्याट्रिक सहित ८ विकेट लिएपछि उनको चर्चा चुलियो । उक्त प्रदर्शनकै आधारमा उनले त्यसै वर्ष सिनियर टोलीमा पर्दै एसिसी इमर्जिङ टिम्स एसिया कप खेले । यू-१९ राष्ट्रिय प्रतियोगितामा वीरगञ्जबाट बैतडीविरुद्ध एकै खेलमा १० विकेट लिँदै घरेलु क्रिकेटमा उक्त सफलता हात पार्ने उनी पहिलो र एक्लो बलर बने ।

अन्तर्राष्ट्रिय सिमित ओभरमा नेपालकै महबुब आलमले मोजाम्बिकविरुद्ध १० विकेट लिदै गिनिज बुकमा नाम लेखाएका छन् । इमर्जिङ टिम्स एसिया कपमा अभिनाशले नेपालका लागि अफगानिस्ताविरुद्ध डेब्यू गरे । त्यसैवर्ष आइसिसी टि२० विश्वकप छनोट खेल्दै नेपालले ऐतिहासिक उपलब्धि आत्मासाथ गर्दा अभिनाश टोलीका सदस्य थिए । विश्वकप टोलीमा रहेपनि उनले खेल्न भने पाएनन् ।

अभिनाशले २०१५ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो टि२० आई खेलमा डेब्यू गरेका थिए । २०१४ मा न्युजिल्यान्डमा भएको आइसिसी विश्वकप छनोटमा हङकङविरुद्ध लिष्ट ए मा डेब्यू गरे । आइसिसी विश्व लिग च्याम्पियनशिप २०१५ मा उनले स्कटल्यान्ड भ्रमण गरे । त्यसपछि अभिनाशले पछिल्लो पटक बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्दै २ खेलमा ६ विकेट लिदै पूनरागमनको राम्रो संकेत दिए ।

त्यसपछि भने उनी नेपाली क्रिकेटबाट हराएका छन् । स्थायी रुपमा त्रिभुवन आर्मी क्लबमा अनुबन्ध अभिनाश पछिल्लो समय घरेलु र फ्रेन्चाइज लिगमा पनि देखिएका छैनन् । चोटका कारण केहि समय बाहिर रहेका अभिनाश आर्मीमा आन्तरिक प्रतिस्पर्धा कडा भएकाले नै मैदानमा नदेखिएको बताउँछन् ।

‘चोटले त होईन । दायाँ एंकलमा लागेको चोट ठिक भएको दुई वर्ष भई सक्यो । म आर्मीको टोलीसँगै छु । आर्मीमा प्रतिस्पर्धा उच्च छ । मौका पाउनै कठिन छ । त्यसैले नेपाली क्रिकेटमा देखिन सकेको छैन’, अभिनाशले हाम्रो खेलकुदसँग भने ।

‘पूनरागमनको लागि आफूले पूर्ण दिँदै आएको छु । लकडाउन भएसँगै अहिले घर (वीरगञ्ज) आएको छु । नेपाली क्रिकेटमा देखिने मौका पाएको छैन’, उनले भने, ‘पूनरागमन गर्न नपाउँदा चिन्ता धेरै हुन्छ । घरमा बसेर हेर्दा टिमको जितमा खुसी त लाग्छ तर आफू नहुँदा मन खुसी नहुने रहेछ ।’

‘बायाँ हाते बलर हुनु मेरो लागि पनि धेरै प्लस पाइन्ट हो । एउटा टिमसँग देब्रे हाते बलरको विकल्प हुँदा सन्तुलन पनि हुन्छ । मैले राम्रो मिहिनेत गरिरहेको छु । तर अब चोटबाट फर्किन त खेल खेल्न पनि पाउनुपर्छ । आफूलाई देखाउने खेलनै नपाएपछि फर्किन निकै कठिन हुने रहेछ’, उनले भने ।

‘आर्मीमा खेलेका सबै खेलाडी उत्कृष्ट छन् र नतिजा पनि दिइरहेका छन् । टिममा पर्नै गाह्रो छ । मौका पाएपछि मैले प्रमाणित गर्नु पर्छ नै । टिममा सन्तुलन हुनुपर्छ । विश्वको जुनसुकै कप्तान पनि आफ्नो टोली जितोस भन्ने चाहन्छ । आर्मीका सिनियर खेलाडी बाहिर गएमा मैले मौका पाउने सम्भावना रहन्छ’, अभिनाशले भने ।

आर्मीको ओझेलमा अभिनाश

पछिल्लो समय आर्मीमा निकै प्रतिस्पर्धा छ । सोमपाल, करण, विक्रम, जितेन्द्र मुखिया र अभिनाश आर्मीका तीव्र गतिका बलर हुन् । यस सिजनमा युवा बलर आकाश चन्दलाई पनि टोलीमा समेटेको थियो । सोमपाल र करण पहिलो रोजाईमा खेलेका छन् । विक्रमले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शनका साथ सिनियर टोलीमा स्थान बनाउने प्रयासमा छन् ।

सन् २०१४ टि२० विश्वकपको हिरो जितेन्द्रले नै आर्मीमा कम मौका पाउँदा अभिनाश अन्तिम टोलीमा समेत पर्न सकेका छैनन् । आर्मीको छायाँबाट निस्कन उनलाई प्रदेशको टोलीमा फर्किने एउटा जोखिमपूर्ण विकल्प छ । तर निकै चुनौतीपूर्ण । प्रदेशमा गएपछि उनले आर्मीको जागिरबाट पाउँदै आएको सेवा सुविधाको विकल्प छैन । अझ प्रदेशमा पनि छनोटमा हुने राजनीतिको कारण स्थान पक्का छैन ।

कुनैपनि खेलाडीलाई पूनरागमन गर्न शारिरीक प्रदर्शनसँगै मानसिक रुपमा पनि अझ बलियो हुनुपर्छ । त्यसबारे अभिनाशले भने, ‘मिहिनेत गर्दै जान्छु । कुनै न कुनैदिन त मेरो पनि समय आउँछ । त्यो समयको भरपुर सदुपयोग गर्नेछु । यहि सोच लिएर बसेको छु ।’

‘कहिलेकाहिँ प्रदेशबाट खेल्न जाउँ कि जस्तो पनि लाग्छ । प्रदेश दुईले प्रस्ताव पनि राखेको छ । तर तत्काल केहि सोचिसकेको छैन । आर्मीसँग राम्रोसँग छलफल गरेर मात्र यो विषयमा निर्णय लिनेछु ।’

पूनरागमनको आशाले नै आर्मीमा निरन्तर प्रशिक्षण गरिरहेको अभिनाश बताउँछन् । ‘आफूलाई पनि तयार राखेको छु । जब नतिजा आफूले सोचे जस्तो हुँदैन तब त दुःख लाग्छ नै । टिम बाहिर रहँदा सबैभन्दा बढी मिस जित पछिको माहोल र वातावरण हुने रहेछ । जितपछिको माहोल र राष्ट्रिय गान गाउँदाको क्षण खड्किन्छ’, सिनियर टोलीबाट खेल्दाको अनुभव उनले सुनाए ।

त्यो चोट र दुर्भाग्य

टि२० विश्वकप अघि नेपाल विशेष तयारीका लागि दुबई गएको थियो । दुबईमा फिल्डिङ गर्नेकममा डाइभ हान्दा उनको दायाँ खुट्टामा चोट लाग्न पुग्यो । इन्फेक्सन बढी भएपछि घाउ ठुलो हुँदै गयो र उनी खेल्न सकेनन् । बंगलादेशमा नेपाली टोलीसँगै रहे । नेपालले अनिल मण्डललाई उनको स्थानमा बोलाएको थियो ।

त्यसपछि सन् २०१५ मा नेदरल्यान्ड्समा टि२० सिरिज र स्कटल्यान्डमा नेपाली टोलीको हिस्सा रहे । केन्याले २०७३ फागुन अन्तिममा नेपालसँग दुई लिष्ट ए खेल खेलेको थियो । अभिनाश टोलीमा रहेपनि मौका पाएनन् । दुई हप्ता पछि बंगलादेशमा एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली टोलीसँगै गए । त्यहाँ भने अभिनाशले राम्रो प्रदर्शन गरेका थिए ।

एक महिनाको विश्रामपछि जेठ दोस्रो साता उनले प्रधानमन्त्री कप खेले । पहिलो खेलमा पूर्वाञ्चल विकास क्षेत्रविरुद्ध टियु मैदानमा पाँच ओभर बलिङ गरेपछि खुट्टाको दुखाईले बलिङ गर्न सकेनन् । उक्त प्रतियोगितामा त्यसपछि कुनै खेल खेलेनन् । पुषमा एभरेष्ट प्रिमियर लिग खेल्दै विराटनगर वारियर्स च्याम्पियन बन्दा टोलीको सदस्य थिए । त्यसपछि उनी घरेलु प्रतियोगिताबाट पनि गायब जस्तै बनेका छन् ।

‘दुखाई पहिलादेखि नै थियो । तीव्र गतिका बलरमा दुखाई त हुन्छ भन्ने सोचले खेलिरहें। खासै वास्ता गरिन । मलाई सामान्य लाग्थ्यो । तर पछि दुई वर्ष उपचारमै लाग्यो’, उनले भने ।

‘कतिपयलाई म निरन्तर क्रिकेटमा छु भन्ने थाहा छैन । खेलमा देखे पो थाहा हुन्छ । यस्तो बेलामा साह्रै दुःख लाग्छ । अहिले त पूर्ण रुपमा फिट छु । पूनरागमनको लागि आतुर छु । ओडिआई डेब्यूको ठुलो आशा छ,’ उनले थपे ।

राम्रो फिजियो नपाउँदा दुई वर्ष खेर

अभिनाशको चोट जटिल नभएर सामान्य थियो । नेपालमा चोटको निदानको लागि एक-डेढ वर्ष त्यतिकै घुम्दै गयो । नेपालमा परिक्षण गराउँदा कसैले क्रिकेटमा फर्कन कठिन हुने त कसैले एक वर्ष विश्राम गर्न सल्लाह दिए । उनको परिवार दिल्लीमा थियो । नेपालमा पार नलाग्ने देखेपछि उनले त्यहिँ गएर उपचार गराउने निर्णय लिए ।

दिल्लीमा उपचारको तीन हप्तामै अभिनाश ठिक भए । नेपालमा राम्रो स्पोर्ट्स फिजियो नहुँदा उनको उपचारमा निकै कठिनाइ भोग्नुपर्यो । अभिनाशको घर वीरगञ्ज प्रगतिनगरमा पर्दछ । वीरगञ्ज क्रिकेटरको उर्भर भूमि हो । अभिनाश फुर्सदमा हासिम अन्सारी, आरिफ शेख, आसिफ शेख लगायत क्रिकेटरसँग मिलेर कलैयामा अभ्यास गर्ने गर्दछन् ।

घरेलु प्रतियोगितामै पुनरागमनको चुनौती

पछिल्लो चार वर्षमा नेपाली क्रिकेटमा धेरै परिवर्तन भइसकेको छ । नेपालले ओडिआई मान्यता प्राप्त गरेसँगै टोलीमा स्थान बनाउन आन्तरिक प्रतिस्पर्धा दिन प्रतिदिन बढ्दै गएको छ । कुनैपनि खेलाडीलाई टोलीमा फर्किन घरेलु क्रिकेटमा उच्च प्रदर्शन गर्नुपर्छ । उच्च प्रदर्शनसँगै टोलीमा उक्त भूमिका आवश्यक पनि हुनुपर्छ ।

अहिलेको अवस्थामा अभिनाशलाई आर्मीमा स्थान बनाउन सहज छैन । सोमपाल र करणलाई छोड्दा बिक्रम सोब र जितेन्द्र मुखियाले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । पछिल्लो पटक पीएम कपमा सोमपाल र करण नहुँदा पनि आर्मीले आकाश चन्दलाई समेट्दै उपाधि जितेको थियो ।

घरेलु क्रिकेटमा उनलाई फर्कन निकै संघर्ष गर्नुपर्ने देखिन्छ । अब उनलाई पुनरागमन गर्न फ्रेन्चाइज लिग एउटा राम्रो आधार बन्न सक्छ । तर क्यानको आगमनसँगै फ्रेन्चाइज लिगको भविष्य नै अन्यौलमा छ ।

अभिनाश बायाँ हाते बलर भएको कारण टोलीमा राम्रो विकल्प हुनसक्छ । त्यसो त नेपाली टोलीमा पनि बायाँ हाते बलरको कमी छ । तर घरेलु क्रिकेटमा अवसर नपाए सिनियर टोलीको बाटो बन्द छ । त्यसैले अहिलेको अवस्थामा आर्मीको टोलीमा अवसरको प्रतीक्षा गर्नु नै उनको लागि एकमात्र बाटो देखिन्छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.