9 years ago
November 2, 2016
सारजाह (एजेन्सी) – पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिज जिततर्फ अग्रसर भएको छ । कप्तान जेसन होल्डरले पहिलो पटक टेस्ट क्रिकेटमा ५ विकेट लिनुका साथै ओपनर क्राएग बर्थह्वाइट अविजित ब्याटिङ गर्दै जितको आधार तयार पारेका छन् ।

पछिल्ला १३ टेस्टमा जित विहिन रहेको वेस्ट इन्डिजका लागि कप्तान होल्डरले बुधबार खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ३० रन खर्चेर ५ विकेट लिएपछि पाकिस्तान दोस्रो इनिङमा २ सय ८ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि वेस्ट इन्डिजले जितका लागि १ सय ५३ रनको लक्ष्य पाएको थियो ।
खराव प्रकाशका कारण ९ ओभर अघि नै चौथो दिनको खेल सकिँदा वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा १ सय १४ रन बनाएको छ । ५ विकेट हातमा रहँदा अन्तिम दिन जितका लागि वेस्ट इन्डिजलाई थप ३९ रन आवश्यक छ । चौथो दिनको खेल समाप्त हुँदा बर्थह्वाइट ४४ रनमा अविजित छन् ।
पहिलो इनिङमा १ सय ४२ रन बनाएका बर्थह्वाइटले बुधबार छैटौं विकेटका लागि शान डोउरिचसँग ४७ रनको साझेदारी गरेका थिए । ६७÷५ बाट बर्थह्वाइट र डोउरिचले टोलीलाई बलियो अवस्थामा पु¥याएका थिए । डोउरिच ३६ रनमा अविजित छन् ।
त्यसअघि पाकिस्तानले ४ विकेटको क्षतिमा ८७ रनबाट चौथो दिनको खेल सुरु गरेको थियो । टेस्ट श्रृखंलाका अघिल्ला दुई खेल पाकिस्तानले जितेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]