default_image

9 years ago

November 2, 2016

हार्दिक भारतीय टेस्ट टोलीमा परे

157 views

0 Bookmark

मुम्बई (एजेन्सी)– हार्दिक पाण्डेय र जयन्त यादवले पहिलो पटक भारतीय टेस्ट क्रिकेट टोलीमा समेटिएका छन् । भारत र इङ्ल्यान्ड अर्को साता सुरु हुने टेस्ट श्रृखंलाका लागि बुधबार टेस्ट टोलीको घोषणा यी दुईले मौका पाएका हुन् । इङ्ल्यान्डविरुद्ध श्रृखंलाका दुई खेलका लागि टोलीको घोषणा गर्दा ४ स्पिनरमध्ये यादव पनि समेटिएका हुन् ।

253559
२३ बर्षे पाण्डेयले गत महिना न्युजिल्यान्डविरुद्ध डेब्यू खेलमै ३ विकेट लिएका थिए । तीब्र बलिङमा पाण्डेयको आगमनले तीब्र बलिङमा भारतसँथ थप विकल्प मिल्नेछ । भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्ट राजकोटमा नोभम्रब ९ मा सुरु हुनेछ ।
यादवसँगै रविन्द्रन आश्विन, रविन्द्र जडेजा र अमित मिश्रा चार स्पिनरका रुपमा टोलीमा रहेका छन् । यादव अहिले पहिलो रोजाइमा पर्ने सम्भावना भने कम छ । गौतम गम्भिर फेरी टोलीमा पर्न सफल भएका छन् । ओपनर शिखर धवन, लोकेश राहुल र रोहित शर्मा चोटका कारण टोलीमा छैनन् । न्युजिल्यान्डविरुद्धको श्रृखंला गुमाएका तीब्र बलर इशान्त शर्मा पुनः टोलीमा समेटिएका छन् ।
दुई टेस्टका लागि भारतीय टोली
विराट कोहली (कप्तान), मुरली विजय, गौतम गम्भिर, चेतेश्वर पुजारा, अजिन्के रहाने, ऋद्दिमन शाह (विकेट किपर), हार्दिक पाण्डेय, करुन नायर, रविचन्द्रन आश्विन , अमित मिश्रा, रविन्द्र जडेजा, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव र जयन्त यादव।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.