9 years ago
November 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– चार बर्षदेखि क्रिकेट एकेडमी सञ्चालन गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले स्थानिय खेलाडीको सहजताका लागि घर मै क्रिकेटलगायत अन्य खेलका समान विक्री समेत सुरु गरेका छन् । शक्ति स्पोर्टस नाम दिएको पसलको बोर्डमा लेखिएको छ ,‘हामी कहाँ सबै प्रकारको खेलकुद सामाग्रीहरु पाइन्छ ।’

रुपन्देहीको पर्सरी गाविस वडा नं १ मा रहेको आफ्नै घरमा उनले लक्ष्मी पुजाको दिनबाट शक्ति स्पोर्टस् सुरु गरेका हुन् । ‘क्रिकेट सिक्न र खेल्न चाहने जुनियर खेलाडीका लागि लक्षित गरेर हामीले पसल सुरु गरेका हौं’ उनले भने, ‘पुरै व्यवसायिक हिसाबमा भन्दा पनि स्थानिय स्तरमा राम्रो र सस्तो समान पाउन कठिन हुने भएकोले हामीले उनीहरुको सहजताका लागि यो काम सुरु गरेका हौं । बोर्डरबाट नजिक भएकाले पनि सामान ल्याउन सहज छ । क्रिकेट सिक्न चाहनेलाई सस्तोमा राम्रो र समान दिने हाम्रो मुख्य उद्देश्य हो । ’

थोरै लगानीबाट सुरु गरेको जनाउँदै शक्तिले भने,‘समानको कत्तिको माग हुन्छ त्यसका आधारमा लगानी बढाउने भन्ने हुन्छ । अहिले त सुरुआत मात्रै हो ।’ घरमै स्टार क्रिकेट एकेडेमी स्थापना गरेर उनले स्थानिय जुनियर खेलाडीलाई प्रशिक्षण दिदै आएका छन् । अहिले एकेडेमीलाई पनि व्यवसायिक रुपमा सुरु गरेको शक्तिले बताए । ‘पहिला त त्यस्तो व्यवसायिक रुपमा थिएन । सिक्न चाहनेलाई सिकाउथ्यौं’उनले भने, ‘अहिले मासिक एक हजार रुपैयाँ शुल्क लिएका छौं । ३०/३५ जना बच्चाहरुलाई साँझमा प्रशिक्षण दिने गरेको छु । ’ विभिन्न उमेर समूह हुँदै शक्ति पछिल्लो डेढ दशक देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नियमित सदस्य हुन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]