default_image

9 years ago

November 3, 2016

वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो

153 views

0 Bookmark

शारजहाँ (एजेन्सी)

वेस्ट इन्डिजले तेस्रो तथा अन्तिम टेस्टमा बिहिबार पाकिस्तानलाई ५ विकेटले हराएको छ ।

west Indies

ओपनर क्राएग ब्रेथह्वाइटले अविजित अर्धशतक बनाएपछि वेस्ट इन्डिजले २०१५ मे यता पहिलो जित हासिल गरेको हो । ब्रेथह्वाइटले अविजित ६० रन जोड्दा वेस्ट इन्डिजले पाँचौं दिन कुनै विकेट नगुमाई १ सय ५३ रनको लक्ष्य पूरा ग¥यो । ५ विकेटको क्षेतिमा टोलीले दिनको खेल ११४ रनबाट अघि बढाएको थियो ।

शेन डर्विचले मोहम्मद आमिरलाई चौका प्रहार गरेपछि वेस्ट इन्डिजले ५ विकेट क्षतिमा १ सय ५४ रन जोडेको थियो । बिहीबारको जितसँगै वेस्ट इन्डिजले शृंखलामा पाकिस्तानलाई क्लिन स्विप गर्नबाट रोक्यो । यद्दपी, तीन टेस्ट शृंखला पाकिस्तानले २–१ ले जितेको छ । पाकिस्तान दुबईको पहिलो टेस्ट ५६ रनले अबुधाबीको दोस्रो टेस्ट १ सय ३३ रनले जितेको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.