default_image

4 years ago

July 21, 2021

सन्दीपलाई नफापेको २०२१

219 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

एक समय थियो, नेपाली लेगस्पिनर सन्दीप लामिछानेलेलाई अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न भ्याई नभ्याई हुन्थ्यो । फ्रेन्चाइज लिगसँगै राष्ट्रिय टोलीको व्यस्तता पनि त्यति नै थियो । राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेलको कारण सन्दीपले थुप्रै पटक फ्रेन्चाइज लिगबीचमै छाडेर स्वेदश फर्किएका छन् । तर पछिल्लो समय सन्दीप फ्रेन्चाइज लिग र राष्ट्रिय टोली दुवैबाट खालि बनेका छन् ।

सन्दीपले इंग्ल्यान्डमा विहीबार सुरु हुने द हन्ड्रेड प्रतियोगिता पनि गुमाउने भएका छन् । असार २४ मा द हन्ड्रेड खेल्न इंग्ल्यान्ड गएका सन्दीप बेलायत सरकारको नियम अनुसार १० दिन क्वारेनटाइन अवधि सकेपछि टिएर ५ भिसाको समस्याका कारण नेपाल फर्कनुपर्ने भएको छ । सन्दीप द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा झण्डै एक करोड नेपाली रुपैयाँमा अनुबन्ध भएका थिए ।

पछिल्लो समय सन्दीपको लागि निकै खराब सावित बनेको छ । माघ पहिलो साता (जनवरी तेस्रो साता) इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सन्दीपलाई टोलीबाट फुकुवा (रिलिज) गरेको थियो । दिल्लीले न्युनतम वार्षिक मूल्य २० लाख लगातार तीन वर्ष राखेपछि टोलीबाट फुकुवा गरेको थियो । दिल्लीको फुकुवापछि अक्सनमा गएका सन्दीपलाई कुनैपनि टोलीले मूल्य लगाएनन् । सन्दीपको व्यवसायिक यात्रामा लागेको त्यो ठूलो धक्का थियो ।

आइपिएल अक्सनमा नबिकेपछि सन्दीपले फेब्रुअरी महिनामा पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने अवसर पाएका थिए । पिएसएल २०२१ मा अफगानिस्तानका स्पिनर राशिद खानको अन्तर्राष्ट्रिय खेलको कारण राष्ट्रिय टोलीमा फर्किपछि लाहोर कलन्दर्सले सन्दीपलाई उनको स्थानमा मौका दिएको थियो । तर कराँची गएको ६ दिनमै खेलाडीमै कोरोना देखिएपछि पिएसएलनै स्थगित हुन पुग्यो । त्यसैले एक साता हुँदै नेपाल फर्किनु भएको थियो ।

कराँचीबाट नेपाल आएको २४ घण्टा नहुँदै सन्दीपले काठमाडौं मेयर कप एकदिवसिय प्रतियोगितामा काठमाडौं–११ कप्तानी पाएका थिए । उक्त प्रतियोगितमा सन्दीपले अनुशासित बलिङसँगै ब्याटिङमा पनि आक्रामक सटका साथ समर्थकलाई आर्कषित पारेका थिए । काठमाडौं मेयर कपपछि क्यानले टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । तर कोरोना कारण सिरिज स्थगित हुँदा बन्द प्रशिक्षण दुई हप्ता नहुँदै स्थगित भएको थियो ।

लगत्तै मार्च महिनामा सन्दीप पहिलो पटक इंग्ल्यान्डको टि२० ब्लास्ट खेल्ने पक्का भएको थियो । सन्दीपलाई वोर्सेस्टरशायले अनुबन्ध गरेको थियो । तर भिसा समयमै नपाउँदा सन्दीपले टि२० ब्लास्ट गुमाउनु परेको थियो । सन्दीपले भिसा कारण गुमाएको टि२० ब्लास्ट पहिलो विदेशी प्रतियोगिता थियो ।

भिसा ढिलो हुनुमा सन्दीपले सरकारलाई बढी दोष दिएका थिए । पछि सन्दीप त्यहि टि२० ब्लास्टको भिसा प्रक्रियामार्फत द हन्ड्रेड खेल्न इंग्ल्यान्ड पुगेका थिए । द हन्ड्रेड खेल्न जानुअघि उनी असारमा पहिलो साता क्यानले स्पेन भ्रमणको टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । तर बन्द प्रशिक्षणमा बोलाएको दुई दिनमै स्पेन भ्रमण कोरोना कारण स्थगित भएपछि सन्दीप द हन्ड्रेड खेल्न गएका थिए ।

सन्दीपले ईसीबीको निर्देशन अनुसारनै टिएर ५ भिसाका साथ इंग्ल्यान्ड आएको बताएका छन् । भिसा कारण खेल्न नपाउनुमा ईसीबीलाई दोष दिएका छन् । एक महिना अन्तरमा सन्दीपले भिसाको कारण इंग्ल्यान्डका चर्चित टि२० ब्लास्ट र द हन्ड्रेड गुमाउने भएका छन् ।

गत वैशाखमा घरेलु मैदानमा सम्पन्न नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको टि२० आई त्रिकोणात्मक सिरिजमा सन्दीपले १३ विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । आइपिएलमा अनुबन्ध नभएपछि सन्दीपलाई अन्य विदेशी लिग र नेपालको अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब पनि छ । तर सन्दीपले खेल खेल्ने अवसरनै पाएका छैनन् ।

सन्दीपले पछिल्लो पटक गत माघमा होबार्ट हरिकेन्सबाट बिग ब्यास लिग खेलेका थिए । होबार्टबाट ८ खेलमा ८ विकेट लिएका थिए । पछिल्लो समय लगातार फ्रेन्चाइज लिगमा मौका पाएर पनि अन्तिम समयमा खेल्न नपाउनु यो सन्दीपका लागि राम्रो संकेत भने होईन । यसले सन्दीपको करिअरको खराब समय चलि राखेको संकेत देखाउछ । सन्दीपलाई पनि यहि भनेर चित्त बुझाउन बाहेक अन्य विकल्प पनि छैन ।

यो पनि पढ्नुहोस : क्रिकेटका पाँच अविश्वसनिय घटनाहरु

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.