default_image

4 years ago

July 23, 2021

‘अख्तरको आरोपबारे आवश्यक देखिए छलफल हुन्छ’ – क्यान

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले एभरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले गैर नाफामुलक अभियान बलियो नेपालसँग संघका सदस्य र खेलाडीलाई जोडेर लगाएको आरोपबारे आवश्यक देखिए छलफल हुने बताएका छन् ।

‘आमिर अख्तरबाट एउटा मेल प्राप्त भएको छ । बाहिर पनि मैले सुनिरहेको छु । वहाँले यसबारे के कसो हो क्यानले एक पटक हेरोस भन्ने आशय राख्दै पठाएको इमेल बुधबार हामीलाई प्राप्त भएको छ’,सचिव प्याकुरेलले हाम्रो खेलकुदसँग भने ।

‘त्यसमा वहाँले एक किसिमको कुरा राख्नु भएको छ । त्यो के हो भनेर बोर्डको नियम अनुसार के गर्न मिल्ने हो, समन्वय गरेर हामीले हेर्नेछौं,’ उनले भने ।

‘यो कुनै एक व्यक्तिले उठाएको विषय हो । विषय जे पनि उठान हुन सक्छ । उठान भएका सबै कुरा महत्त्वपूर्ण र आवश्यक नहुन पनि सक्छ । जे होस आमिरले जे कुरा उठान गर्नु भएको छ, त्यसमा क्यानको नियम पालना गर्नुपर्ने कुरा छ भने हामीले पक्कैपनि सुधार गर्नुपर्ने भइहाल्छ ।’

‘केहि कुरा जोराबाट प्राप्त भएको छ । अब यथार्थ के हो, साँचो कुरा हो वा होईन भन्ने विषयमा सायद हामी अफिसलाई भनेर त्यसमा खास कुरा के भएको भनेर हेर्छौं’, उनले भने ।

सचिव प्याकुरेलले क्यानमा यस्तो कुरा आइरहने बताउँछन् । ‘यस्ता मेल आइरहेका हुन्छन् । त्यसैले यो अनौठो र नौलो कुरा होइन । त्यसको यर्थाथ कुरा हेर्ने हाम्रो दैनिक काम नै हो’, अशोकले भने, ‘एउटा व्यक्तिले क्यानलाई एल्टिमेटम दिएर यो गर्छु र त्यो गर्छु भन्न कति सम्म मिल्ने र सुहाउँदो भन्ने वहाँले जान्ने कुरा हो ।’

सचिव प्याकुरेलले यथार्थ कुरा के हो आफूहरुले हेर्ने बताउँछन् । ‘अख्तरले प्रेसमा बोलेको कुरा शत प्रतिशत ठिक हो वा होइन । वहाँले भन्नु भएको कुराको यथार्थ के हो भन्ने हामीलाई प्रष्ट छैन । जुन वहाँले बलियो नेपालको कुरा गर्नु भएको छ । बलियो नेपालसँग कुन किसिमको सहकार्य हो । सबै कुराहरु पनि क्यानले हेर्छ ।’

‘यो अल्टिमेटम दिन अदालतको म्याद होइन । जे कुरा हेर्ने पर्ने हो र प्रक्रियामा जानुपर्ने हो त्यो पक्षमा क्यान सकारात्मक छ’, प्याकुरेलले भने, ‘क्यानले हेर्न पर्ने र नियम पालना गर्नुपर्ने छ भने त्यसमा क्यानको दायित्वनै नै हुन्छ । वास्तविक कुरा के हो पत्ता लगाउने छौं ।’

आमिरले बुधबार क्यानलाई इमेल लेखेको समाचार हाम्रोखेलकुदले लेखेपछि सदस्य छुम्बी लामा, कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले समाचारको खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।

आमिर अख्तरको इमेल :

विज्ञप्ति :

यो पनि : अख्तरको आरोपमा ज्ञानेन्द्र, पारस र लामाको आपत्ती

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.