default_image

4 years ago

July 26, 2021

सूर्य पहिलो पटक भारतीय टेस्ट टोलीमा

153 views

0 Bookmark

एजेन्सी – भारतीय सिमित ओभरका मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादव पहिलो पटक टेस्ट टोलीमा परेका छन् । भारतले सूर्यकुमार यादव र पृथ्वी शालाई इंग्ल्यान्डसँग हुने पाँच टेस्ट सिरिजको लागि टोलीमा बोलाएको छ ।

इंग्ल्यान्ड भ्रमणमा रहेका स्पिन अलराउन्डर वासिन्टन सुन्दर र तीव्र गतिका बलर आवेश खान पनि चोटका कारण बाहिरिने भएका छन् । यसअघिनै ओपनर सुभमन गिल चोटका कारण भने भारत फर्कि सकेका छन् । तीन खेलाडी चोटका कारण बाहिरिने भएपछि भारतीय प्रमुख छनोट समितिले सूर्य, पृथ्वी शा र अभिमन्यु ईश्वरनलाई इंग्ल्यान्डविरुद्ध टेस्ट टोलीमा समेट्ने निर्णय लिएको छ । यता सूर्य र पृथ्वी भने श्रीलंका भ्रमणमा छन् । दोस्रो रोजाईको टोली भारतले श्रीलंकासँग तीन ओडिआई सिरिज २–१ ले जितेको थियो । तीन टि२० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

सुन्दरको दायाँ हातको औलामा चोट लागेको थियो । तीव्र गतिका बलर आवेश खानको काउन्टी सेलेक्ट र भारतबीचको अभ्यास खेलमा पहिलो दिन बायाँ हातको बुढी औलामा चोट लाग्न पुगेको थियो । सुभमन गिलको गत जुन १८ मा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल अन्तर्गत न्युजिल्यान्डसँगको खेलमा चोट लागेपछि यस अघिनै टोलीबाट बाहिरिएका थिए ।

मुम्बई इन्डियन्सका स्टार ब्याट्सम्यान सूर्यकुमार यादव राम्रो लयमा छन् । श्रीलंकासँग तीन ओडिआई सूर्य प्लेयर अफ द सिरिज चुनिएका थिए । पहिलो टि२० खेलमा श्रीलंकालाई हराउन अर्धशतकीय इनिङ खेलेका थिए । भारतीय टोलीमा डेब्यूको लागि लामो प्रतीक्षा गर्नु परेको सूर्यले ३ टि२० इनिङमा २ अर्धशतक सहित १ सय ३९ रन बनाई सकेका छन् ।

३ ओडिआईमा एक अर्धशतक सहित १ सय २४ रन बनाएका छन् । सूर्यले टि२० गत मार्चमा इंग्ल्यान्ड र ओडिआई श्रीलंकाविरुद्ध यसै सिरिज मार्फत डेब्यू गरेका थिए । प्रथम श्रेणीमा सूर्यले ७७ खेलमा १४ शतक र २६ अर्धशतक सहित कुल ५ हजार ३ सय २६ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय रन छ । मैदानको चारैतर्फ सर्ट प्रहार गर्न सक्ने क्षमता भएका सूर्यलाई भारतीय एवि डिभिलियर्स पनि भन्ने गरिन्छ ।

यता पृथ्वी शाले भारतबाट ५ टेस्ट खेलि सकेका छन् । शाले २०१८ मा टेस्टमा वेस्ट इन्डिजविरुद्ध डेब्यू गर्दै शतकीय इनिङ खेलेका थिए । गत डिसेम्बरमा अष्ट्रेलिया भ्रमणमा खराब प्रदर्शनका कारण टोली बाहिर हुँदै आएका थिए । घरेलु क्रिकेट, आइपिएल हुँदै श्रीलंका भ्रमणमा राम्रो प्रदर्शनका साथ पृथ्वीले टेस्टमा पूनरागमन गरेका हुन् ।

गिल बाहिरिएसँगै शाले ओपनिङ गर्ने सम्भावना बढेको छ । सूर्य र पृथ्वी श्रीलंकासँगको बाँकी दुई टि२० खेलपछि इंग्ल्यान्ड जाने छन् । त्यस्तै वैकल्पिक खेलाडीको रुपमा इंग्ल्यान्ड भ्रमणमा रहेका अभिमन्यु ईश्वरन पनि टेस्ट टोलीमा बोलाईएका छन् । भारत र इंग्ल्यान्डबीचको पहिलो खेल अगष्ट चार देखि सुरु हुने छ ।


भारतको टोली : रोहित शर्मा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाणे (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद शिराज, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल, ऋद्धिमान शाह, अभिमन्यु ईश्वरन, पृथ्वी शा र सूर्यकुमार यादव ।

इंग्ल्यान्डको टोली (सुरुवाती दुई खेल ) जो रुट (कप्तान), जेम्स एन्डरसन, जोनी बेयरस्टो, डोम बेस, स्टुअर्ट ब्रोड, रोरी बन्र्स, जस बटलर, ज्याक क्रली, साम करन, हसिब अहमद, ड्यान लरेन्स, ज्याक लेच, ओली पोप, ओली रोबिन्सन, डोम सिब्ले, बेन स्टोक्स र मार्क वुड ।

पाँच टेस्ट सिरिज


पहिलो टेस्ट : ४ देखि ८ अगष्ट, नोटिंघम


दोस्रो टेस्ट : १२ देखि १६ अगष्ट, लर्ड्स


तेस्रो टेस्ट
 : २५ देखि २९ अगष्ट, लिड्स


चौथो टेस्ट : २ देखि ६ सेप्टेम्बर, लन्ड्न


पाँचौ टेस्ट : १० देखि १४ सेप्टेम्बर, म्यानचेष्टर

उदाउन नपाएका ‘सूर्य’

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.