default_image

4 years ago

July 27, 2021

गेलले इपिएल नखेल्ने

172 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिज तथा विश्व क्रिकेटका सर्वाधिक सफल टि२० ब्याट्सम्यान क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने पक्का भएको छ ।

गतवर्ष माघमा गेललाई पोखरा राइनोजले औपचारिक रुपमै सम्झौता गरेको थियो । चैतमा हुनुपर्ने इपिएल कोरोना कारण स्थगित भएपछि गेलको सहभागिता हुने वा नहुने अनिश्चित थियो । पोखरा राइनोजका निर्देशक तथा पूर्व नेपाली क्रिकेटर दीपेन्द्र चौधरीले गेल नआउने पुष्टि गरे ।

आइपिएल र विश्वकपको कारण गेल नआउने पक्का भएको उनले जनाए । ‘हामीहरु नयाँ विदेशी खेलाडीको खोजीमा छौं । पक्का भइसकेको छैन । यो हप्ता सम्म कुन खेलाडी चाहिन्छ पक्का हुन्छ होला । विश्व क्रिकेटकै स्टार खेलाडी ल्याउन प्रयासरत छौं’, दीपेन्द्रले भने ।

‘आइपिएल पनि छ, विश्वकप र इपिएल पनि एकै समयतिर छ । यसले गर्दा हामी दोधारमा छौं । पोखराले छनोट गरेको सबै खेलाडी विश्वकप टोलीमा छन् । जर्ज मुन्शे स्कटल्यान्डको टोलीमा जानेछन् । हामीले आउने वा नआउनेबारे मुन्शेसँग कुरा गरिरहेका छौं । विश्वकप र आइपिएललाई हेर्दै हामी अन्तिम चार विदेशी खेलाडी निर्धारण गर्ने छौं’, उनले हाम्रो खेलकुदसँग भने । पोखरा अहिले ६,७ जना स्टार विदेशी खेलाडीसँग कुरा गरिरहेको छ ।

२०१८ को सिजनमा पोखराले दक्षिण अफ्रिका ओपनर रचिर्ड लेभी, स्कटल्यान्डका कप्तान काईल कोट्जर र इंग्ल्यान्डका पाउल कगलिन टोलीमा थिए । पोखरा ५ खेलमा ५ मानै हारका साथ पुछारमा रहँदै बाहिरिएको थियो ।

रिचार्ड लेभी (दायाँ) र काइल कोट्जर

गतवर्ष गेलले आइपिएल खेल्नुअघि इपिएलका खेल खेलेर जाने बताइएको थियो । तर इपिएल कोरोना कारण अन्तिम चरणमा फागुनमा स्थगित भएको थियो । इपिएलको चौथो संस्करण सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म टियु मैदानमा हुँदै छ । यता आइपिएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म यूएईमा हुँदै छ । कोरोना कारण आइपिएल मध्य सिजनपछि गत वैशाखमा स्थगित भएको थियो । टि२० विश्वकप अक्टोर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा हुँदै छ । जसको कारण गेल नेपाल नआउने निश्चित भएको हो ।

किंग्स इलेभेन पन्जाबमा आबद्ध गेलले आइपिएल पनि नखेल्ने सम्भावना छ । वेस्टइन्डिज टोली विश्वकप तयारीमा छ । फिटनेश, क्वारेनटाइन र विश्वकप तयारीको कारण गेल लगायतका थुप्रै स्टार खेलाडीले आइपिएल खेल्ने सम्भावना कम देखिन्छ । अष्ट्रेलिया र दक्षिण अफ्रिकासँग लगातार पाँच पाँच टि२० आई सिरिज खेलिसकेको छ ।

पाकिस्तानसँगको चार टि२० सिरिज बुधबारबाट सुरु हुनेछ । साविक विजेता वेस्ट इन्डिज तेस्रो विश्वकप जित्न चाहन्छ । गेल र ड्वेन ब्राभो जस्ता अनुभवी खेलाडी टोलीमा फर्किदा टोली पनि मजबुत बनेको छ । गेलले अष्ट्रेलियाविरुद्ध सिरिजसँगै टि२० मा १४ हजार रन पनि पूरा गरि सकेका छन् । इपिएलमा टि२० विश्वकप खेल्ने खेलाडी आउने सम्भावना निकै कम छ ।

सोमबार मात्र काठमाडौं किंग्स इलेभेनले विश्व क्रिकेटका एक उत्कृष्ट अलराउन्डर शाहिद अफ्रिदीलाई टोलीमा अनुबन्ध गरेको छ । इपिएलले तयारी अगाडि बढाएको छ । पोखराले गतवर्ष वेस्टइन्डिजकै केसरिक विलियम्सन र स्कटल्यान्डका जर्ज मुन्शेलाई अनुबन्ध गरेको थियो । तर मुन्शे पनि विश्वकपको कारण आउने सम्भावना कम छ । पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव र विपिन रावल लगाएतका खेलाडी छन् ।

गेलको टि२० क्रिकेटमा ऐतिहासिक १४ हजार रन पूरा

अफ्रिदीले काठमाडौंबाट इपिएल खेल्ने

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.