4 years ago
July 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर महबुब आलमलाई प्रदेश २ क्रिकेट संघले राष्ट्रिय सम्मानको साथ बिदाई गर्नुपर्ने नेपाल क्रिकेट संघ (क्यान) सँग माग गर्ने भएको छ । बुधबार बोर्ड बैठकले उक्त निर्णय गरेको क्यानका कोषाअध्यक्ष तथा प्रदेश २ का सदस्य रोशन कुमार सिंहले जानकारी दिए ।

राष्ट्रिय महिला क्रिकेटर शोभा आलेलाई प्रदेश २ ले कार्यलय सचिवको रुपमा नियुक्ति गरेको छ । उनले अब क्रिकेट छाडेर कार्यलय सम्हाल्नेछिन् । प्रदेश २ संघको कार्यलय बर्दिबासमा खोल्ने निर्णय गरेको छ । प्रदेश २ ले खेलाडीको भलाई कोष पनि स्थापना गर्ने जनाएको छ ।
‘महबुबले नेपालको लागि ठूलो योगदान दिएका छन् । उनको नाममा विश्व रेकर्ड छ । उनले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय सम्मानको साथ बिदाइ गर्नुपर्छ भन्दै हामीले क्यानसँग माग गर्ने निर्णय गरेका छौं’, सिंहले भने ।
त्यसैमा उनले थपे ‘शोभालाई कार्यलय सचिवमा नियुक्त र खेलाडी भलाई कोष अन्य प्रदेशको लागि पनि उदाहरण बन्न सक्छ ।’

प्रदेश–२ गत माघमा काठमाडौंमा सम्पन्न भएको प्रधानमन्त्री कपमा खराब प्रदर्शन गर्दै पहिलो पटक जितविहिन हुँदै बाहिरिएको थियो । खेलाडी छनोटमा पनि केहि आलोचना खेपेको थियो । घरेलु क्रिकेटका अनुवभी तथा सफल क्रिकेटर हसिम अन्सारी र उदीयमान युवा तीव्र गतिका बलर गुलशान झा लगायतका खेलाडी टोलीमा थिएनन् । यस विषयमा पनि लामो समयसम्म छलफल र समीक्षा भएको रोशनले जनाए ।
महबुब नेपाली क्रिकेटका एक सफल अलराउन्डरमा पर्दछन् । उनी तीव्र गतिसँगै आक्रामक ब्याटिङको लागि चर्चित छन् । महबुबले सन् २००८ मा मोजाम्बिकविरुद्ध एकै खेलमा १० विकेट लिँदै गिनिज बुकमा नाम लेखाएका थिए । उनी सिमित ओभरमा १० विकेट लिने एक्लो खेलाडी हुन् ।
पछिल्लो पटक महबुबले नेपालबाट सन् २०१७ मा बंगलादेशमा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेका थिए । त्यसयता उनी नेपाली टोलीमा छैनन् । प्रदेश–२ बाट घरेलु क्रिकेट खेल्दै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]