default_image

4 years ago

July 30, 2021

राम्रो बिदाइ पाउने महबुबको आशा

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर महबुब आलमले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्रिकेट करिअरबाट विश्राम लिने भएका छन् । झण्डै दुई दशक नेपाली टोलीबाट खेलेका महबुबलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्नुपर्ने माग प्रदेश २ ले नेपाल क्रिकेट संघ (क्यान) सँग माग गर्ने जनाइसकेको छ ।

४० वर्षिय महबुब पनि राम्रो बिदाईको साथ विश्राम लिन चाहेको बताउँछन् । बायाँ हाते महबुब नेपाली क्रिकेटमा स्वींग र आक्रामक ब्याटिङका चर्चित अलराउन्डर हुन् । महबुब नेपाली क्रिकेटका एक सफल अलराउन्डर हुन् । ‘मैले दुई वर्ष पहिलादेखि सन्न्यास लिने सोच राखेको थिएँ । कोरोनाले गर्दा सन्न्यास कार्यक्रम रोकिएको थियो । अहिले फेरि प्रदेश–२ लाई भन्दै क्यानलाई बिदाईको लागि पत्र पठाउन लगाएको थिएँ’, महबुबले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘नेपाली क्रिकेट अहिले राम्रो अवस्थामा छ । हामी अहिले निकै राम्रो उचाईमा जादैछौं । युवा खेलाडी राम्रो छन् । यसले नेपाली क्रिकेटको भविष्य निकै राम्रो देखिन्छ’, महबुबले भने ।

‘मलाई खुसी लागिरहेको छ । दुई दशक नेपालको लागि खेल्न पाएँ । अन्तर्राष्ट्रिय स्तरमा नाम लेखायौं । मैले गिनिज बुकमा नाम लेखाए । त्यसले पनि नेपाली क्रिकेटलाई चिनाउँछ । क्यान हुँदा खेल सुरुवात र अन्त्य गर्न पाउँदा अझ खुसीको लागेको छ’, महबुबले भने ।

‘मलाई बिदाई राम्रो हुन्छ जस्तो लागेको छ । मेरो नेपाली क्रिकेटमा जुन योगदान छ । त्यसले गर्दा राम्रो बिदाई हुने विश्वास राखेको छु । क्यानमा राम्रो मान्छे र सबै क्रिकेट बुझेका पनि छन्’, महबुबले भने ।

त्यसैमा उनले थपे, ‘मेरो माग क्यानले राम्रो सम्मानका साथ बिदाई गरिदियोस् भन्ने हो । क्यानले जसरी गर्छ त्यसमा म खुसी खुसीका साथ बिदाई हुनेछु । त्यो अन्तर्राष्ट्रिय खेल होस् वा राष्ट्रिय, मेरो माग कुनै छैन । तर सम्मान भने राम्रो हुनुपर्छ । विनोद दासले राम्रो सम्मानका साथ बिदाई पाउनु भयो । म पनि त्यस्तै चाहन्छु ।’

‘मैले आफ्नो जीवन पूरै क्रिकेटमा बिताए । आगमी दिनमा पनि म नेपाली क्रिकेटमै जोडिएको हुन्छु । पूरा जीन्दगी क्रिकेटमा सुम्पिएको छु । अब पनि क्रिकेटमा नै लाग्छु । खेल्न छोडेपछि कुनै न कुनै भूमिकाबाट म नेपाली क्रिकेटबाट जोडिन चाहन्छु’, उनले भने ।

महबुबले प्रशिक्षकको रुपमा काम गर्न बढी इच्छा भएको बताए । ‘मैले अब खेल्ने भन्दापनि सिकाउने दिन आयो । क्यानले लेभल वान सिकाउँदै छ । प्रशिक्षकको रुपमा हुन्छु । प्रशिक्षक भएपछि जिम्मेवारी पनि हुन्छ । मैले अहिले सम्म सिकेको जतिपनि कुरा छ त्यो अव जुनियरलाई सिकाउन चाहन्छु’, महबुबले सन्न्यास पछिको योजना बताए ।

सबैको साथ र सहयोगलेनै १० विकेटको कीर्तिमान बनाउन सम्भव भएको महबुब बताउँछन् । ‘मेरो कप्तान विनोद दास अहिले क्यानको म्यानेजर हुनुन्छ । सँगै क्रिकेट खेलेका रोशन दाई क्यानको कोषाध्यक्ष हुनुन्छ । चतुरबहादुर चन्द लगायत सबै क्रिकेट र खेलाडीलाई बुझेका मान्छे भएकाले मैले सोचेको जस्तो बिदाई हुन्छ होला जस्तो लागेको छ । राष्ट्रिय बिदाई पाउनु भनेको धेरै गर्वको कुरा हो । त्यो धेरै कमले मात्र पाउँछन् । मलाई सन्न्यास लिदा लिन पाउँदा पनि गर्व लागेको छ’, महबुबले भने ।

महबुब प्रदेश–२ का कप्तानको रुपमा घरेलु क्रिकेटबाट विश्राम लिनेछन् । महबुबले नेपालबाट सन् २००० मा जापानविरुद्ध डेब्यू गरेका थिए । २००८ मा मोजाम्बिकविरुद्ध मेहबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सिमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।

टि२० क्रिकेटमा उनले २०११ मा साउदी अरेबियाविरुद्ध ४१ बलमा ५ चौका र ६ छक्का सहित ८८ रनको उत्कृष्ट इनिङ खेलेका थिए । जुन नेपाली क्रिकेटबाट टि२० खेलमा बनेको सर्वाधिक रन हो । तर २०१९ मा टि२० आईमा पारसले सिंगापुरविरुद्ध १ सय ५ र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध १ सय ६ रन बनाएका थिए ।

महबुब घरेलु क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो र एकै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन् । महबुबले २००५ मा वीरेन्द्र स्मृति क्षेत्रिय छनोटमा सप्तरीबाट उदयपूरविरुद्ध १ सय २३ बलमा २६ चौका र १८ छक्का सहित २ सय ५६ रनको विष्फोटक इनिङ खेलेका थिए ।

उनीपछि गतवर्षमात्र प्रधानमन्त्री कप प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा आदील खानले ललितपुरबाट त्रिभुवन विश्वविद्यालयबाट १ सय २१ बलमा १५ चौका र १५ छक्का सहित २ सय १ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । प्रथम श्रेणीको खेलमा महबुबले २००४ मा मलेसियाविरुद्ध डेब्यू गरेका थिए । लिष्ट ए मा २०१५ मा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए । मेहबुबले नेपालबाट अन्तिम पटक २०१७ मार्चमा बंगलादेशमा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेका थिए ।

नेपाली क्रिकेट इतिहासका ५ रोमाञ्चक जित

नेपाली खेलाडीका ४ विश्व कीर्तिमान जो तोडिन लगभग असम्भव!

नेपाली क्रिकेटका १० उत्कृष्ट क्षण

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.