4 years ago
August 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको सार्वजनिक गरेका हुन् । पारसले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि यसबारे औपचारिक रुपमा जानकारी दिइसकेका छन् । सन् २००४ मा मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यू गरेका पारसले २००९ देखि २०१९ सम्म कप्तानी गरेका गरेका थिए ।
नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफलक कप्तान हुन् । उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ टि२० विश्वकप खेलेको थियो ।
सन् २०१८ मा नेपालले पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । पारसको कप्तानीमा नेपालले २०१० मा पहिलो पटक डिभिजन पाँचको उपाधि जितेको थियो । उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ ।
पारस ओडिआई र टि२० आई दुवैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । ओडिआईमा २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि२० आईमा शतक प्रहार गरेका थिए । टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने उनी पहिलो कप्तान हुन् ।

पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि२० क्रिकेट खेलेका छन् । नेपाली क्रिकेट अहिले जुन अवस्थामा छ त्यो पारसकै मुख्य योगदानको कारण हो । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुको मुख्य पाँच कारण यस प्रकार छन् ।
५. ढल्कँदो उमेर
पारसको उमेर विस्तारै ढल्किदै छ । उमेरले पारस ३४ वर्ष पुगे । कोरोनाका कारण यो वर्ष अष्ट्रेलियामा हुने भनिएको टि२० विश्वकप २०२२ मा सरेको छ । २०२२ मा हुनुपर्ने टि२० विश्वकप २०२१ मा हुँदैछ । २०२१ को विश्वकपको लागि नेपाल एसिया छनोटबाट खराब प्रदर्शन गर्दै बाहिरिएको थियो ।
वर्तमान अवस्थामा कुनैपनि खेलाडी सक्रिय रुपमा ३५–३६ वर्षको उमेरसम्म खेल्दै आएका छन् । त्यसपछि खेलाडीको उमेरको कारण फिटनेस र प्रदर्शनमा विस्तारै गिरावट आएको देखेका छौं । अर्को वर्ष ग्लोबल छनोटसम्म पारसको उमेर ३५ कट्नेछ । जसको कारण पनि पारसले सन्न्यास लिएका हुनसक्छ ।

४. युवा खेलाडीलाई मौका
पारसले सन्न्यास लिनुको अर्को कारण युवा खेलाडीलाई मौका दिनु हो । पारसले यो समय सन्न्यास दिँदा युवा खेलाडी २०२२ को ग्लोबल र २०२३ को एकदिवसिय विश्वकप छनोटको लागि तयार हुन्छन् । यी दुई प्रतियोगिता मुखैमा सन्न्यास लिनुभन्दा यस समयमा लिएमा युवा खेलाडीले बढी मौका पाउँछन् ।
खेलाडी एकै पटक स्टार बन्न सक्दैन । ठूला प्रतियोगतालाई खेलाडीमा खेलको अनुभव पनि धेरै हुनुपर्छ । खेलाडी जतिधेरै खेल खेल्दै जान्छन् त्यतिनै निखारिंदै जान्छन् । पारसले अहिले सन्न्यास लिँदा युवा खेलाडी तयार हुने मौका पाउँछन् ।
गत त्रिकोणात्मक टि२० आई सिरिजमा पारस विनानै नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । जसमा युवा खेलाडीको प्रदर्शन उत्कृष्ट थियो । युवा खेलाडीले नयाँ उत्साह, आशा र सम्भावना देखाएका छन् । जसको कारण पारसले अहिलेनै सन्न्यास लिन उपयुक्त ठानेका हुन् ।

३. क्यानसँग तितो सम्बन्ध
वर्तमान क्यानसँग पारसको सम्बन्ध राम्रो छैन । अध्यक्ष चतुरबहादुर चन्द सहित क्यानमा प्रमुख पदाधिकारीसँग पारसको बोलचाल नै छैन । क्यानको केन्द्रिय समितिमा छुम्बि लामालाई छाड्ने हो भने अन्यसँग पारसको निकै खराब सम्बन्ध छ । सम्बन्ध राम्रो नहुँदा काम गर्न कठिन प्रत्यक्ष अप्रत्यक्ष रुपमा कठिन पर्छनै ।
२०७६ असोज निर्वाचनमा चतुरबहादुर प्यानलनै विजयी भएपछि पारसले कप्तानी छाडेका थिए । आइसिसीले क्यानमाथि लगाएको निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै पारसले असोज २७ मा कप्तानी पदबाट राजीनामा दिएका थिए । २०१४ देखिनै सुरु भएको आन्तरिक विवादले झन पछि झन इगो रुप लिँदा ब्रिगिएको थियो ।
आफूहरुलाई अख्तियार सम्म पुर्याएको र क्यान निलम्बन हुनु परेको भन्दै पारसप्रति त्यति राम्रो सकरात्मक नजर भने क्यानका पदाधिकारीसँग पनि छैन । पारसले मंगलबार विहान नै आफूले अब नेपालबाट नखेल्ने क्यानलाई पनि जानकारी दिइसकेका छन् । क्यानसँग बिग्रिदो सम्बन्धको कारण पारसले सन्न्यास लिन पुगेका हुन् । पारसको क्यानमा सम्बन्ध राम्रो भएको यतिचाँडो सन्न्यास भने पक्का लिने थिएनन् ।

२. क्यान नेतृत्वको तीव्र ईच्छा
पारस खुलेआम रुपमानै खेलाडी जीवनपछि क्यान नेतृत्वमा जाने बताउँदै आएका छन् । पारस अब खेलाडी भन्दापनि क्यान नेतृत्वको रुपमा काम गर्दै नेपाली क्रिकेट विकास गर्न चाहन्छन् । आफूहरु खेलेर मात्र क्रिकेट विकास नहुने र क्यानले पनि त्यहि अनुसार काम गर्नुपर्ने पारसले लगातार बताउँदै आएका छन् ।
क्यान पदाधिकारी बन्न जिल्ला प्रदेश हुँदै केन्द्रमा जानुपर्छ । त्यस तयारीको लागि पारसले सन्न्यास दिएका हुन् । खेलाडीसँगै क्यानको राजनीति गर्न मिल्दैन । खेलाडीबाट सन्न्यास लिएपछि उनलाई राजनीतिमा लाग्न बाटो खुल्छ । आफ्नो गुटलाई बलियो बनाउन सक्छन् ।
१. क्यान विधानले बाध्यता
पारसले सन्न्यास लिनुको मुख्य कारण क्यानको वर्तमान विधान हो । पारस क्यान नेतृत्वमा जान चाहन्छन् । त्यो सबैलाई थाहा भएको कुरा हो । तर विधान अनुसार कुनैपनि खेलाडी क्यान निर्वाचन हुँदै पदमा पुग्न सक्रिय खेलाडी जीवनबाट दुई वर्ष पहिला सन्न्यास लिई सकेको हुनुपर्छ । अर्थात खेलाडी जीवन दुई वर्षअघिनै छाडेको हुनुपर्छ ।
असोजमा क्यान नेतृत्वको दुई वर्ष पुग्दैछ । त्यसको दुई वर्षपछि पारस क्यान नेतृत्वमा आउन अहिलेनै खेलाडीबाट सन्न्यास लिइसकेको हुनुपर्छ । जसले गर्दा पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् । अब पारस क्यानमा प्रवेश गर्न आफ्नो उपस्थिति बलियो बनाउन खुलेआम तयारीमा लाग्न पाउनेछन् । जिल्ला र प्रदेश क्रिकेट राजीतिमा पारस अब बढी सक्रिय हुने निश्चित छ ।
प्रदेश १ मा पारस केहि निकट छन् । अन्य प्रदेशमा ठूलो युद्धनै लड्नुपर्ने अवस्था छ । जसको कारण पारसले अहिले देखिनै तयारीमा लागेका हुन् । क्यान नेतृत्वले काम गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको छ । यो अवस्थामा पारस नयाँ आशाका किरण जगाउन चाहन्छन् । पारस क्यानमा जादै नेपाली क्रिकेटको युद्ध स्तरमा विकास गर्न चाहन्छन् । क्यान विधानको कारण उनले सन्न्यास लिनु पर्ने बाध्यता भएको हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]