4 years ago
August 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।

पारसले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । ‘सम्पूर्ण नेपाली क्रिकेट समर्थक, सरोकारवाला, प्रति कृतज्ञता ब्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छुँ, नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो’, पारसले सन्न्यास पत्रमा लेखेका छन् ।
सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई अघि बढाएका पारसले नेपालबाट अन्तिम खेल २०२० मार्च ४ मा थाईल्यान्डविरुद्ध खेलेका थिए । ‘२००२ मा १५ वर्षको हुँदा सुरु गरेको क्रिकेट यात्रा साथ, समर्थन, माया, हौसला, दिने प्रशिक्षकहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीपर्ति म सदैव ऋणि रहने छु’, पारसले सन्न्यास लिँदै भनेका छन् ।
पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले ओडिआईमा २०१८ अगष्ट ए मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । अन्तिम ओडिआई खेल घरेलु मैदानमा अमेरिकाविरुद्ध २०२० फेब्रुअरी १२ मा खेले । पारसले ओडिआईमा एक शतक सहित कुल ३ सय १५ रन बनाएका छन् ।
नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने पारस एक्लो खेलाडी हुन् । पारसले २०१९ मा यूएईविरुद्ध जनवरी २८ मा १ सय १५ रनको ऐतिहासिक शतकीय इनिङ खेलेका थिए । पारसले ओडिआईमा ९ विकेट लिदा उत्कृष्ट प्रदर्शन ४–२६ छ ।

‘क्रिकेटको रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानको लागि सदैब आफ्नो भूमिका निर्वाह गरें । मैले देखेको सपना नेपाली क्रिकेटको उन्नती हो । तर यसको लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यक छ’, पारसले सन्न्यास लिँदै भनेका छन् ।
त्यसैमा थपेका छन्, ‘इमानदारिताको साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य नयाँ उचाईमा पुर्याउछौं’ ।
पारसले अन्तर्राष्ट्रिय यात्रा आफ्नो टुङ्गिएपनि क्यान प्रशासन हुँदै क्रिकेट विकासमानै लाग्ने विगतदेखि बताउँदै आएका छन् । नेपाली क्रिकेट विकासको लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको बताउँछन् ।
पारस नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी र कप्तान हुन् । २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समालेका थिए । पारसको कप्तानीमा नेपालले पहिलो पटक २०१० मा घरेलु मैदानमा आइसिसी डिभिजन पाँचको उपाधि जितेको थियो । २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । पारसको प्रदर्शन र कप्तानी दुवै उत्कृष्ट रहँदा नेपालले यादगार प्रदर्शन गरेका थियो ।

२०१८ मा पारसले आफ्नो कप्तानीमा नेपाललाई ओडिआईमा मान्यता दिलाउँदै थप नयाँ उचाईमा पुर्याएका थिए । पारस टि२० आई क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वको पहिलो कप्तान हुन् । उनले सिंगापुरविरुद्ध २०१९ सेप्टेम्बरमा १ सय ५ रनको ऐतिहासिक शतकीय इनिङ खेलेका थिए । नेपालबाट टि२० क्रिकेट इतिहासमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
पारसले ३३ टि२० आई खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ८ विकेट लिएका छन् । लिष्ट ए मा पारसले ३ शतक र ९ अर्धशतक सहित कुल १ हजार ४ सय ९७ रन बनाउँदा २६ विकेट लिएका छन् । पारसले टि२० क्रिकेटमा कुल २८ विकेट लिदा कुल १ हजार ३ सय १७ रन बनाएका छन् ।
यो पनि : पारसले सन्न्यास लिनुका पाँच कारण
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]