4 years ago
August 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । आगमी सेप्टेम्बरमा ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपालले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ ।

गत फागुनमा भएको काठमाडौं मेयर्स कप एकदिवसिय प्रतियोगितामा गुलशनले खेल्दै राम्रो प्रभाव छाडेका थिए । फाइनलमा एपिएफलाई हराउँदै उपाधि जिताउन गुलशनले चार विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए । गुलशनको बलिङमा गति र बाउन्स छ ।प्रधानमन्त्री कप प्रतियोगितामा उनी प्रदेश २ दुई को टोलीमा नपरेपछि नेपाल पुलिस क्लबबाट काठमाडौं मयर्स कप खेलेका थिए ।
घोषणा टोलीमा अन्य भने पुरानै नाम छन् । युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले टोलीमा पूनरागमन गरेका छन् । रोहित गतवर्ष माघमा नेपालमा भएको ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीमा थिएनन् । अन्तिम २० सदस्य टोलीमा पारस खड्का पनि नाम छ । तर पारसले नेपाली टोलीबाट सन्न्यास लिई सकेका छन् । नेपाली टोलीले बुधबारबाटै अभ्यास थालि सकेको छ ।
नेपाली टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल ।
यसअघि गुलशन झाको बारे लेखिएको लेख : पुलिसका सरप्राइज प्याकेज गुलशन
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]