4 years ago
August 4, 2021
पवित्रा राउत, काठमाडौं
पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । त्यो पनि कोरोना महामारीको समयमा, कुनै खेल मैदानबाट नभई सामाजिक सन्जालबाट । पारसका लाखौं समर्थकले उनको सन्न्यासको पल, जुन हरेक फ्यानले हेर्न चाहन्छ, त्यो महसुस गर्न पाएनन् । यो खबरले अरुसँगै मलाइ पनि नरमाईलो लाग्यो । अब राष्ट्रिय क्रिकेट जर्सीमा उनलाई देख्न पाइने छैन । कप्तानी छाडेपनि उनि मैदानमा थिए ।

एक प्रकारको हौसला थियो । तर अब त्यो पनि नरहने भयो । तर यो खल्लोपनभित्र ‘पारस क्रिकेटबाट टाढा रहदैनन् अब के गर्लान भन्ने’ कौतुहलता पनि मिसिएको थियो । दुई वर्ष अगाडी उनले कप्तानको जिम्मेवारीवाट विश्राम लिँदा एउटा ब्लग लेखिसकेको थिएँ (कप्तान होईन भाइ भन्नुस भाइ) । नेपाली क्रिकेटमा सर्वाधिक चर्चित खेलाडी पारसले क्रिकेटरको भूमिकालाई नै छाडेको यो पलमा अब के लेखौं? उनीससँगका स्मृतिहरु यति छन् कि शब्दमा उतार्न सकिन्न ।
आफ्नै आँखा अगाडि पारसको क्रिकेट करिअर मौलाएको हेरियो । उनको नेतृत्वमा नेपाली क्रिकेट फस्टाएको हेरियो । उनको निडर नेतृत्वमा अरु क्रिकेटरहरु परिपक्व भएको हेरियो । मन अझै अघाएको छैन । नेपाली क्रिकेटका पर्याय बनिसकेका पारसलाई क्रिकेटबाट अलग रहेको यसै हेर्न सकिन । त्यसैले पनि उनको जिवनको यो महत्वपूर्ण निर्णयमा केहि नलेखि बस्न सकिएन ।
कहाँबाट सुरु गर्ने होला ? पारसको ठूलो समर्थक तथा मेरी सहकर्मी प्रियंका कापरसँग मैले यो मेरो उकुसमुकुस शेयर गरें । ‘पारस भनेको नेपाली किक्रेटको आशा हो, जबसम्म उनी छन्, नेपाली क्रिकेटमै छन् उनको भूमिका मात्रै फरक होला, हो यहि आशाको बारेमा लेख्नुस्’ उनले यो सटिक सल्लाह दिइन् । यहाँनेर लाखौं समर्थकको जस्तै उनको र मेरो कुरा मिल्यो । शायद धेरै समर्थक र नेपाली क्रिकेटका शुभचिन्तकको मनमा पनि यहि सवाल अनि निष्कर्ष होला यतिबेला ।
‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्’ उनले निकाले वक्तव्यमा पनि यहि वाक्य लेखेका छन् । पारस यस्ता क्रिकेटर हुन् जो मैदान भित्र र बाहिर उत्तिक्कै राम्रो क्रिकेट खेल्न सक्दथे । मैदानमा उनी ब्याट र बलले प्रहार गर्दथे भने मैदान बाहिर नेपाली क्रिकेटको बारेमा चिन्ता व्यक्त गरेर क्रिकेट व्यवस्थापन गर्न खोज्दथे ।
मैदानमा घण्टौं बिताउनले मात्र नभई नेपाली क्रिकेटको उचित व्ययवस्थापनका लागि मध्यरातसम्म पनि छलफलमा व्यस्त रहन सक्दथे । यहि व्यक्तित्वले उनलाई अरुभन्दा बेग्लै र विशेष बनाएको छ । त्यसैले त उनको सन्यास घोषणामा ‘किन यति छिटो ?’ सामाजिक सन्जालमा धेरैले प्रश्न गरेका छन् । साथमा उनको सफल दुई दशकको यात्रामा योगदानको कदर गर्दै ‘धन्यवाद अनि आगामी दिनमा सफलताको कामना’ गरेका छन् ।
पारसप्रतिको यो सरोकार, यो शुभच्छा खेर नजाने संकेत पारस आफैले गरिसके । अब क्रिकेट व्यवस्थानमा जोड दिने प्रतिक्रिया दिएर ।
हारको संघारबाट हतोत्साहित नभइकन जितको स्वाद चखाउने क्षमता भएका पारसको मूल मन्त्र भनेको ‘सामूहिक भावना हो’। दम्भ भएको अब्वल बिसौं नम्बरको खेलाडी भन्दा सामूहिक भावना भएको अठारौं या उन्नाईस नम्बरको खेलाडी महत्त्वपूर्ण हुने बताउने पारस यही सामूहिक भावनामा क्रिकेट व्यवस्थापना लाग्नेछन्, यो क्षणमा खुसीको कुरा यहि हो ।
नेपाली क्रिकेटको एक दिवसीय मान्यताका सपना पूरा गर्नु अनि टि ट्वान्टी विश्वकपमा नेपालले खेल्नु पारसकै नेतृत्वमा संभव भएको थियो । हारको संघारमा पुगेर पनि जितको हिसाबकिताब गर्न नछोड्ने गज्जबको क्षमता उनमा छ । अब लथालिङ्ग क्रिकेट व्यवस्थानलाइ समेट्ने र युवा क्रिकेटरमा संभावनाका क्षितिज उघार्ने जोड घटाउ गरेरै उनले यो सन्यासको निर्णयका लिएका होलान् । उनको यो निर्णयमा, सफल कप्तान, सफल खेलाडीका लागि मैदानभित्रको इनिङ लागि बधाई । ‘क्रिकेट व्यवस्थापन’ को मैदान बाहिरको अबको दोस्रो इनिङका लागि शुभकामना ।
अधिवक्ता राउत पूर्व खेल पत्रकार हुन् ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]