default_image

4 years ago

August 4, 2021

पारसले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्काले आगमी दिनमा एकेडेमी सञ्चालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले आगमी दिनमा आफूले एकेडेमी सञ्चालन गर्ने बताएका छन् ।

सन्न्यास बारे पत्रकार सम्मेलन गर्दैै जानकारी दिनेक्रममा पारसले अव एक दुई महिनामै एक क्रिकेट एकेडेमी सञ्चालन गर्ने बताएका छन् । ‘क्रिकेट एकेडेमी सञ्चालन गर्ने छु । त्यसलाई नेपालभर लगेर जाने योजना छ । एक दुई महिनापछि लन्च (सार्वजनिक) गर्ने छु । एकेडेमी राम्रोसँग सञ्जालन गर्यौ भन्ने सोच छ’, पारसले अवको आफ्नो तत्कालको योजनाबारे सुनाए ।

पारसले सबैको साथ र सहयोगको कारण यो स्थानमा आउन सफल भएको बताएका छन् । पारसले सबैलाई धन्यावाद दिँदै आगमी दिनमा नेपाली क्रिकेट विकासको लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । पारसले अव आफ्नो योजना क्रिकेट व्यवस्थापनमा आउँदै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने बताएका छन् । पारसले धेरै सोच विचारको साथ सन्न्यास लिएको बताएका छन् । पारसले आफूले आगमी दिनमा घरेलु क्रिकेट खेल्ने बताएका छन् ।

पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले ओडिआईमा २०१८ अगष्ट ए मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । अन्तिम ओडिआई खेल घरेलु मैदानमा अमेरिकाविरुद्ध २०२० फेब्रुअरी १२ मा खेले । पारसले ओडिआईमा एक शतक सहित कुल ३ सय १५ रन बनाएका छन् । पारसले ओडिआईमा ९ विकेट लिदा उत्कृष्ट प्रदर्शन ४–२६ छ ।

पारसले ३३ टि२० आई खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ८ विकेट लिएका छन् । टि२० विश्वकपमा बंगलादेशविरुद्ध टि२० आईमा डेब्यू गरेका पारसको अन्तिम खेल थाईल्यान्डविरुद्ध रह्यो । लिष्ट ए मा पारसले ३ शतक र ९ अर्धशतक सहित कुल १ हजार ४ सय ९७ रन बनाउँदा २६ विकेट लिएका छन् । पारसले टि२० क्रिकेटमा कुल २८ विकेट लिदा १ हजार ३ सय १७ रन जोडेका छन् । पारस युगको अन्त्य

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.