4 years ago
August 6, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए ।

कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् । यसअघि पूर्व कप्तान महेन्द्रसिंह धोनी कप्तानको रुपमा आठ पटक डक आउट भएका थिए । कपिल देव छैटौं र मानसुर अली खान सातौं पटक डक आउट भएका थिए । समग्रमा कोहली टेस्ट करिअरमा भने १३ पटक डक आउट भएका छन् ।
इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट ट्रेन्ट ब्रिज नटिङ्घममा जारी छ । दोस्रो दिन दोस्रो सेसनमा कोहली पहिलो बलमै क्याच आउट हुन पुगेका थिए । इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ औं ओभरको तेस्रो बलमा कोहली एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट भएपछि पहिलो बलमै पेभिलिएन फर्काएका थिए ।
कोहलीले २०१९ नोभेम्बरपछि टेस्ट क्रिकेटमा शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले टेस्टमा पछिल्लो पटक २०१९ नोभेम्बर २२ मा कोलकातामा बंगलादेशविरुद्ध १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए ।
यो पनि : शतकको खडेरीमा कोहलीको नजर
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]