default_image

4 years ago

August 9, 2021

बजाज पल्सर इपिएलको मुख्य प्रायोजक

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहने भएको छ । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ ।

इपिएलले काठमाडौंमा सोमबार एक पत्रकार सम्मेलन गर्दै आफ्नो मुख्य प्रायोजक बजाज पल्सर रहेको जनाएको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले सम्झौता पत्रमा हस्तक्षर गरेका थिए । सम्झौता एक वर्षको हुने छ । आयोजकले कोरोना महामारीको कारण टेलिभिजनलाई लक्षित गर्दै सबै स्वास्थ्य प्रोटोकललाई पालना गरेर इपिएल आयोजना गर्ने जनाएको छ ।

‘बजाज पल्सरलाई सधैं नेपाली युवाहरुले माया गरि राख्नु भएको छ । पछिल्लो समय क्रिकेट पनि युवाहरुको जोश बनेको छ । यसैले हामीले नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता इपिएलको लागि मुख्य प्रायोजक गरेका छौं’, सम्झौतापछि गोल्छा ग्रुपका अध्यक्ष शेखरले भने ।

वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिकले इपिएल खेल्ने आयोजकले सार्वजनिक गरेको छ । तर कुन टोलीबाट भने खुलाएको छैन । प्रतियोगिताको लागि आयोजकले तीव्र तयारी अगाडि बढाएको छ । ठूला नाम पनि सार्वजनिक हुन थालेका छन् । यस सिजनको इपिएल पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदीले काठमडौं किंग्स–११ बाट खेल्ने छन् ।

आयोजकले प्रतियोगिता ट्रफी पनि सार्वजनिक गरेको छ । प्रतियोगिताम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज गरि ६ सहरका ६ फ्रेन्चाइज टोली छन् ।

पछिल्लो पटक २०१८ को इपिएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपधि जितेको थियो । त्यसपछि नेपालको ब्यस्त अन्तर्राष्ट्रिय कार्यतालिका र कोरोना महामरीको कारण इपिएल स्थगित हुँदै आएको थियो ।

यो पनि : इपिएलले पायो नेपाली खेलकुदकै सर्वाधिक ठूलो प्रायोजन

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.