4 years ago
August 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चान्डिमलले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् ।
भैरहवाले सामाजिक सञ्जाल मार्फत चान्डिमल इपिएल खेल्ने लागेको जनाएको छ । भैरहवाले सिधै नाम नतोकेपनि टि२० विश्वकप च्याम्पियन र श्रीलंका सर्वाधिक कम उमेरमा टि२० कप्तानी गर्ने खेलाडी टोलीमा जोडिन लागेको सार्वजनिक गरेको छ । चान्डिमल श्रीलंका टि२० आई टोलीमा कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चान्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टि२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।
२०१४ को टि२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चान्डिमल टोलीका सदस्य थिए । उक्त विश्वकप श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । भैरहवाले उक्त खेलाडीले श्रीलंकाबाट २४ बलमा ५२ रन जोडेको जनाएको छ । चान्डिमलले २०१५ को एकदिवसिय विश्वकपमा अष्ट्रेलियाविरुद्ध सिड्नीमा २४ बलमा ५२ रन जोड्दै रिटायर्ड हर्ट भएका थिए । चान्डिमल ओडिआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा कप्तानी गरेका थिए ।
चान्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडिआई र ५७ टि२० आई खेल खेलेका छन् । टि२० आईमा चान्डिमलले ५ अर्धशतक सहित कुल ८ सय ६८ रन जोडेका छन् । चान्डिमलले राजस्थान रोयल्सबाट आइपिएल खेलिसकेका छन् । ३१ वर्षिय विकेटकिपर ब्याट्सम्यान चान्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चान्डिमलले श्रीलंका टेस्ट, ओडिआई र टि२० तीनै शैलीमा कप्तानी गरेका छन् ।
भैरहवा ग्ल्याडिएटर्सको प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दसानायके छन् । भैरहवाले गत वर्ष ओमानका बायाँ हाते तीब्र गतिका बलर बिलाल खान, श्रीलंका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानालाई अनुबन्ध गरेको थियो । बिलाल खान टि२० विश्वकपको कारण इपिएल नखेल्ने निश्चित छ । अन्य खेलाडीको बारे भैरहवाले कुनै जानकारी दिएको छैन ।

भैरहवाले यसअघि वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान ड्वेन स्मिथको पनि नाम सार्वजनिक गरेको थियो । भैरहवामा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा रहेका छन् ।
इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदैछ । आयोजकले तयारी तीव्र रुपमा अगाडि बढाएको छ । काठमाडौं किंग्स ११ बाट पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी खेल्नेछन् ।
यो पनि : इपिएलले पायो नेपाली खेलकुदकै सर्वाधिक ठूलो प्रायोजन
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]