4 years ago
August 14, 2021
एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतविरुद्ध दोस्रो टेस्ट खेलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका छन् । लर्ड्स मैदानमा जारी खेलमा रुटले तेस्रो दिन दोस्रो सेसनमा शतक प्रहार गरेका हुन् ।

रुटको शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो इनिङमा ८२ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । रुट २ सय २ बलमा १० चौका सहित १ सय २ रनमा खेलि रहेका छन् । रुटले टेस्ट करिअरको २२ औं शतक पूरा गरेका हुन् । ८२ औं ओभरको तेस्रो बलमा रुटले जस्प्रित बुमराह बलमा एक रन बटुल्दै २ सय बलमा शतक पूरा गरेका थिए ।
रुट एकै वर्षमा पाँच टेस्ट शतक प्रहार गर्ने इंग्ल्यान्डका पहिलो कप्तान बनेका छन् । यसअघि कप्तानको रुपमा इंग्ल्यान्डबाट सन् १९९० मा ग्राहम गुच, माइकल एथरटनले १९९४ र एन्ड्र्यू स्ट्रासले २००९ मा चार-चार शतक प्रहार गरेका थिए । लर्ड्समा रुटको यो चौथो शतक हो । यसअघि भारतसँग पहिलो टेस्टको दोस्रो इनिङमा रुटले १ सय ९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

जस बटलरले ३ रनमा साथ दिएका छन् । कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको महत्वपूर्ण साझेदारी गर्दै बलियो योगफलतर्फ अघि बढाए । बेयरस्टोलाई मोहम्मद शिराजले कप्तान विराट कोहलीबाट ५७ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । बेयरस्टोले १ सय ७ बलमा ७ चौका प्रहार गरे ।
दोस्रो दिन ओपनर डोम सिब्ले ११ र हसिब हमीद गोल्डेन डक आउट भए । मोहम्मद शिराजले १५ औं ओभरमा लगातार दुई विकेट लिएका थिए । तेस्रो विकेटका लागि रुट र रोरी बन्र्सले ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दोस्रो दिनको अन्तिम समयतिर बन्र्सलाई मोहम्मद शामीले ४९ रनमा एलबिडब्लू आउट गरे । उनले १ सय ३६ बलमा ७ चौका प्रहार गरे ।
त्यसअघि लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत १२६.१ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । भारतका ओपनर लोकेश राहुलले २ सय ५० बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक १ सय २९ रनको योगदान दिए । राहुलले यो टेस्ट करीअरको छैटौं शतक हो ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ४३.४ ओभरमा १ सय २६ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेम्स एन्डरसनले रोहितलाई ८३ रनमा बोल्ड आउट गर्दै पहिलो विकेट लिन सफल भए । रोहितले १ सय ४५ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
एन्डरसनलेनै चेतेश्वर पुजारालाई ९ रनमा जोनी बेयरस्टोबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि विराट कोहली र राहुलले १ सय १७ रनको साझेदारी गरेका थिए। दिनको अन्तिम समयमा विराट कोहली ओली रोबिन्सनको बलमा जो रुटबाट ४२ रनमा क्याच आउट भए ।
दोस्रो दिन इंग्ल्यान्डले बलिङमा उत्कृष्ट पूनरागमनका साथ भारतलाई मध्यम योगफलमै रोकेको थियो । एक समय २७८–३ को अवस्थामा रहेको भारतले बाँकी ८६ रन जोड्न ७ विकेट गुमाउँदै अल आउट भएको थियो ।

दोस्रो दिनको दोस्रो बलमै राहुललाई रोबिन्सनले सिब्लेबाट क्याच गराएका थिए । अजिक्या रहाणे जेम्श एन्डरसनको बलमा एक रनमा जो रुटबाट क्याच आउट हुन पुगे । पन्तले ५८ बलमा ५ चौका सहित ३७ रन जोडे । रविन्द्र जडेजाले १ सय २० बलमा ३ चौका सहित ४० रनको योगदान दिए ।
पन्त र जडेजा दुबै मार्कवुडको बलमा क्याच आउट भएका थिए । ईशान्त शर्मा ८ रनमा आउट हुँदा मोम्मद शामी, जस्प्रित बुमराह र मोहम्मद शिराजले खाता खोल्न सकेनन् ।
इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्श एन्डरसनले सर्वाधिक पाँच विकेट लिए । ओली रोबिन्सन र मार्कवुडको नाममा दुई दुई विकेट रह्यो । स्पिनर मोईन अलीले एक विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]