default_image

4 years ago

August 14, 2021

रुटको सानदार शतकमा इंग्ल्यान्डको अग्रता

162 views

0 Bookmark

एजेन्सी – कप्तान जो रुटको सानदार शतकको सहयोगमा इंग्ल्यान्डले भारतबिरुद्ध दोस्रो टेस्ट खेलको पहिलो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले २७ रनको अग्रत लिएको छ । इंग्ल्यान्ड पहिलो इनिङमा १ सय २८ ओभरमा ३ सय ९१ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका कप्तान जो रुट ३ सय २१ बलमा १८ चौका सहित १ सय ८० रनमा अविजित रहँदै उत्कृष्ट शतकीय इनिङ खेले । रुटले एकतर्फबाट विशाल इनिङ खेल्दा अर्कोतर्फबाट राम्रो भने साथ पाउन सकेनन् । रुटको यो टेस्ट करीअरको २२ औं शतक हो । रुटले आफ्नो टेस्ट करीअरको नौं हजार रन पनि पूरा गरेका छन् । रुट टेस्टमा इंग्ल्यान्डमा एलिस्टर कुकपछि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

इंग्ल्यान्डबाट एकै वर्ष टेस्टमा सर्वाधिक पाँच शतक प्रहार गर्ने पहिलो कप्तान पनि बनेका छन् । यसअघि कप्तानको रुपमा इंग्ल्यान्डबाट सन् १९९० मा ग्राहम गुच, माइकल एथरटनले १९९४ र एन्ड्र्यू स्ट्रासले २००९ मा चार-चार शतक प्रहार गरेका थिए । ओपनर डोम सिब्ले ११ र हसिब हमीद गोल्डेन डक आउट भए ।

मोहम्मद शिराजले १५ औं ओभरमा लगातार दुई विकेट लिएका थिए । तेस्रो विकेटका लागि रुट र रोरी बन्र्सले ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दोस्रो दिनको अन्तिम समयतिर बन्र्सलाई मोहम्मद शामीले ४९ रनमा एलबिडब्लू आउट गरे । उनले १ सय ३६ बलमा ७ चौका प्रहार गरे ।

कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको महत्वपूर्ण साझेदारी गर्दै बलियो योगफलतर्फ अघि बढाएका थिए। बेयरस्टोलाई मोहम्मद शिराजले कप्तान विराट कोहलीबाट ५७ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । बेयरस्टोले १ सय ७ बलमा ७ चौका प्रहार गरे ।

त्यसपछि भने रुटले राम्रो साथ पाउन सकेनन् । पाँचौं विकेटका लागि विकेटकिपर जस बटलरसँग ५४ रनको साझेदारी गरेका थिए । बटलरलाई ईशान्त शर्माले २३ रनमा बोल्ड आउट गरे । छैटौं विकेटका लागि रुटले मोईन अलीसँग ५८ रन जोड्दै टोलीलाई अगाडि बढाएका थिए । ईशान्तलेनै अलीलाई २७ रनमा विराट कोहलीबाट क्याच आउट गराए ।

ईशान्तको बलमा साम करन गोल्डेन गक आउट भए । ओली रोबिन्सन ६ र मार्कवुड ५ रनमा रन आउट भए । अन्तिम विकेटको रुपमा जेम्श एन्डरसन आउट भएका थिए । भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । ईशान्त शर्माले तीन र मोहम्मद शामीले दुई विकेट लिए ।

त्यसअघि लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत १२६.१ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । भारतका ओपनर लोकेश राहुलले २ सय ५० बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक १ सय २९ रनको योगदान दिए । राहुलले यो टेस्ट करीअरको छैटौं शतक हो ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ४३.४ ओभरमा १ सय २६ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेम्स एन्डरसनले रोहितलाई ८३ रनमा बोल्ड आउट गर्दै पहिलो विकेट लिन सफल भए । रोहितले १ सय ४५ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

एन्डरसनलेनै चेतेश्वर पुजारालाई ९ रनमा जोनी बेयरस्टोबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि विराट कोहली र राहुलले १ सय १७ रनको साझेदारी गरेका थिए। दिनको अन्तिम समयमा विराट कोहली ओली रोबिन्सनको बलमा जो रुटबाट ४२ रनमा क्याच आउट भए ।

दोस्रो दिन इंग्ल्यान्डले बलिङमा उत्कृष्ट पूनरागमनका साथ भारतलाई मध्यम योगफलमै रोकेको थियो । एक समय २७८–३ को अवस्थामा रहेको भारतले बाँकी ८६ रन जोड्न ७ विकेट गुमाउँदै अल आउट भएको थियो ।

दोस्रो दिनको दोस्रो बलमै राहुललाई रोबिन्सनले सिब्लेबाट क्याच गराएका थिए । अजिक्या रहाणे जेम्श एन्डरसनको बलमा एक रनमा जो रुटबाट क्याच आउट हुन पुगे । पन्तले ५८ बलमा ५ चौका सहित ३७ रन जोडे । रविन्द्र जडेजाले १ सय २० बलमा ३ चौका सहित ४० रनको योगदान दिए ।

पन्त र जडेजा दुबै मार्कवुडको बलमा क्याच आउट भएका थिए । ईशान्त शर्मा ८ रनमा आउट हुँदा मोम्मद शामी, जस्प्रित बुमराह र मोहम्मद शिराजले खाता खोल्न सकेनन् ।

इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्श एन्डरसनले सर्वाधिक पाँच विकेट लिए । ओली रोबिन्सन र मार्कवुडको नाममा दुई दुई विकेट रह्यो । स्पिनर मोईन अलीले एक विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.