4 years ago
August 15, 2021
एजेन्सी – चेतेश्वर पुजारा र अजिंक्या रहाणेको महत्पूर्ण शतकीय साझेदारीको सहयोगमा भारतले इंग्ल्यान्डसँगको दोस्रो टेस्ट खेलमा १ सय ५४ रनको अग्रता लिएको छ । दोस्रो इनिङमा भारतले ८२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको अवस्थामा चौथो दिनको खेल सकिएको छ ।

पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा १ सय ५४ रनको अग्रता लिएको हो । भारतका विकेटकिपर ऋषभ पन्त १४ र ईशान्त शर्मा चार रनमा अविजित छन् । भारतको सुरुवात निकै कमजोर रह्यो । दशौं ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मार्क वुडले ओपनर लोकेश राहुललाई विकेटकिपर जस बटलरबाट पाँच रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । मार्क वुडकोनै १२ औं ओभरको अन्तिम बलमा रोहित शर्मा मोईन अलीबाट २१ रनमा क्याच आउट हुन पुगे ।
२४ औं ओभरको पहिलो बलमा युवा बलर साम करनले भारतका कप्तान विराट कोहलीलाई २० रनमा बटलरबाट क्याच गराउँदै सर्वाधिक ठूलो सफलता दिलाएका थिए । विराट एज लागेर आउट हुँदा भारत ५५–३ को कमजोर अवस्थामा पुगेको थियो । कोहलीले ३१ बलमा चार चौका प्रहार गरे । कमजोर सुरुवात गरेको भारतलाई चौथो विकेटका लागि अजिंक्या रहाणे र चेतेश्वर पुजाराले २ सय ९७ बलमा एक सय रनको साझेदारी टोलीको संकट टारेका थिए ।

मार्क वुडले ७३ औं ओभरको दोस्रो बलमा पुजारालाई ४५ रनमा जो रुटबाट क्याच गराउँदै महत्वपूर्ण साझेदारी तोडेका थिए । पुजाराले २ सय ६ बलमा ४ चौका प्रहार गरे । पुजारा विकेटसँगै इंग्ल्यान्डले खेलमा पूनरागमन गरेका थियो । मोईन अलीले जस बटलरबाट रहाणेलाई ६१ रनमा क्याच आउट गराए । रहाणेले १ सय ४६ बलमा ५ चौका प्रहार गरे । अलीले रविन्द्र जडेजालाई तीन रनमा बोल्ड आउट गरे । इंग्ल्यान्डका मार्क वुडले तीन, मोईन अलीले दुई र साम करनले एक विकेट लिएका छन् ।
त्यसअघि तेस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा १ सय २८ ओभरमा ३ सय ९१ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुट ३ सय २१ बलमा १८ चौका सहित १ सय ८० रनमा अविजित रहँदै उत्कृष्ट शतकीय इनिङ खेले । रुटको यो टेस्ट करीअरको २२ औं शतक हो । रुटले भारतविरुद्ध लगातार दोस्रो शतक प्रहार गरेका हुन् । पहिलो टेस्टको दोस्रो इनिङमा रुटले १ सय ९ रनको सानदार शतकीय इनिङ खेलेका थिए । रुटले आफ्नो टेस्ट करीअरको नौं हजार रन पनि पूरा गरे । रुट टेस्टमा इंग्ल्यान्डमा एलिस्टर कुकपछि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

मोहम्मद शिराजले १५ औं ओभरमा लगातार दुई विकेट लिएका थिए । तेस्रो विकेटका लागि रुट र रोरी बन्र्सले ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दोस्रो दिनको अन्तिम समयतिर बन्र्सलाई मोहम्मद शामीले ४९ रनमा एलबिडब्लू आउट गरे । उनले १ सय ३६ बलमा ७ चौका प्रहार गरे ।
कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको महत्वपूर्ण साझेदारी गर्दै बलियो योगफलतर्फ अघि बढाएका थिए। बेयरस्टोलाई मोहम्मद शिराजले कप्तान विराट कोहलीबाट ५७ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । बेयरस्टोले १ सय ७ बलमा ७ चौका प्रहार गरे ।
त्यसपछि भने रुटले राम्रो साथ पाउन सकेनन् । पाँचौं विकेटका लागि विकेटकिपर जस बटलरसँग ५४ रनको साझेदारी गरेका थिए । बटलरलाई ईशान्त शर्माले २३ रनमा बोल्ड आउट गरे । छैटौं विकेटका लागि रुटले मोईन अलीसँग ५८ रन जोड्दै टोलीलाई अगाडि बढाएका थिए । ईशान्तलेनै अलीलाई २७ रनमा विराट कोहलीबाट क्याच आउट गराए ।
ईशान्तको बलमा साम करन गोल्डेन गक आउट भए । ओली रोबिन्सन ६ र मार्कवुड ५ रनमा रन आउट भए । अन्तिम विकेटको रुपमा जेम्श एन्डरसन आउट भएका थिए । भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । ईशान्त शर्माले तीन र मोहम्मद शामीले दुई विकेट लिए ।

त्यसअघि लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत १२६.१ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । भारतका ओपनर लोकेश राहुलले २ सय ५० बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक १ सय २९ रनको योगदान दिए । राहुलले यो टेस्ट करीअरको छैटौं शतक हो ।
भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ४३.४ ओभरमा १ सय २६ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेम्स एन्डरसनले रोहितलाई ८३ रनमा बोल्ड आउट गर्दै पहिलो विकेट लिन सफल भए । रोहितले १ सय ४५ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
एन्डरसनलेनै चेतेश्वर पुजारालाई ९ रनमा जोनी बेयरस्टोबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि विराट कोहली र राहुलले १ सय १७ रनको साझेदारी गरेका थिए। दिनको अन्तिम समयमा विराट कोहली ओली रोबिन्सनको बलमा जो रुटबाट ४२ रनमा क्याच आउट भए ।

दोस्रो दिन इंग्ल्यान्डले बलिङमा उत्कृष्ट पूनरागमनका साथ भारतलाई मध्यम योगफलमै रोकेको थियो । एक समय २७८–३ को अवस्थामा रहेको भारतले बाँकी ८६ रन जोड्न ७ विकेट गुमाउँदै अल आउट भएको थियो ।
दोस्रो दिनको दोस्रो बलमै राहुललाई रोबिन्सनले सिब्लेबाट क्याच गराएका थिए । अजिक्या रहाणे जेम्श एन्डरसनको बलमा एक रनमा जो रुटबाट क्याच आउट हुन पुगे । पन्तले ५८ बलमा ५ चौका सहित ३७ रन जोडे । रविन्द्र जडेजाले १ सय २० बलमा ३ चौका सहित ४० रनको योगदान दिए ।
पन्त र जडेजा दुबै मार्कवुडको बलमा क्याच आउट भएका थिए । ईशान्त शर्मा ८ रनमा आउट हुँदा मोम्मद शामी, जस्प्रित बुमराह र मोहम्मद शिराजले खाता खोल्न सकेनन् । इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्श एन्डरसनले सर्वाधिक पाँच विकेट लिए । ओली रोबिन्सन र मार्कवुडको नाममा दुई दुई विकेट रह्यो । स्पिनर मोईन अलीले एक विकेट लिए । पाँच टेस्ट सिरिजमा पहिलो खेल बराबरीमा सकिएको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]