4 years ago
August 16, 2021
एजेन्सी – वेस्टइन्डिजले पहिलो टेस्ट खेलमा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टेस्ट सिरिजमा वेस्टइन्डिजले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ५६.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

एक समय १५१-९ को अवस्थामा पुगेको वेस्टइन्डिजलाई केमार रोच र जयडेन सिल्सले जितसम्म पुर्याएका थिए । केमार रोच ५२ बलमा २ चौका सहित ३० रनमा अविजित रहे । वेस्टइन्डिजका जर्मेन ब्ल्याकवुडले ७८ बलमा १० चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए । रोश्टन चेशले २२, जेसन होल्डर १६ र जोशुवा डि सिल्भा १३ रनको योगदान दिए । शाहिन शाह अफ्रिदीले सर्वाधिक चार विकेट लिए । हसन अली तीन र फहिम अशराफले दुई विकेट लिए ।
त्यसअघि पाकिस्तान दोस्रो इनिङमा २ सय ३ रनमा अल आउट भएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ६० बलमा ७ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए । आबिद अली ३४, अजहर अली २३, मोहम्मद रिजवान ३०, हसन अलीले २८ र फहिम अशराफले २० रन जोडे । वेस्टइन्डिजका युवा तीव्र गतिका जयडेन सिल्शले सर्वाधिक पाँच विकेट लिए । केमार रोचको नाममा एक विकेट रह्यो ।
त्यसअघि वेस्टइन्डिज पहिलो इनिङमा २ सय ५४ रनमा अल आउट भएको थियो । कप्तान क्रेग बेथवेटले २ सय २१ बलमा १२ चौका सहित सर्वाधिक ९७ रनको योगदान दिए । हसन अलीको डाइरेक्ट थ्रो मा रन आउट भएपछि उनी शतक बनाउन मात्र तीन रनले चुकेका थिए ।
पहिलो दिन किरन पोवेल र नक्रुमाह बोनर दुबै खाता नखोली आउट भएका थिए । मध्य गतिका बलर मोहम्मद अब्बासले तेस्रो ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका थिए ।

रोश्टन चेश २१ र जर्मेन ब्ल्याकवुड २२ रनमा आउट भए । काईस मेयर्स खाता खोल्न सकेनन् । जेसन होल्डरले तल्लोक्रममा १ सय ८ बलमा १० चौका सहित ५८ रनमा क्याच आउट भए । जोशुवा डि सिल्भा २१ रनमा आउट भए ।
पाकिस्तानका मोहम्मद अब्बासले तीन विकेट लिएका छन् । शाहिन अफ्रिदीले चार विकेट लिए । त्यसअघि सबिना पार्क जामिकामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान पहिलो इनिङमा ७०.३ ओभरमा २ सय १७ रनमा अल आउट भयो । पाकिस्तानका फवाद आलमले १ सय १७ बलमा ६ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिए ।
कप्तान बाबर आजम ३०, फहिम अशरफ ४४, मोहम्मद रिजवान २३, अजहर अली १७, हसन अली १४, इमरान बुट १७ र आबिद अली ९ रनमा आउट भए । वेस्टइन्डिजका जेसन होल्डर र जयडेन शेल्सले समान ३–३ विकेट लिए । केमार रोच २ र काइल मेयर्सले १ विकेट लिए । दोस्रो टेस्ट शुक्रबार देखि सुरु हुने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]