default_image

4 years ago

August 17, 2021

टि२० विश्वकपको खेल तालिका सार्वजनिक

148 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टि२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । टि२० विश्वकपको उद्धघाटनमा ओमान र पपुवा न्युगिनीबाची अक्टोबर १७ मा हुने छ ।

पहिलो चरणका समूह बी का सबै खेल ओमानमा हुने भएका छन् । पहिलो चरणका समूह ए, सूपर १२, सेमिफाइनल र फाइनल यूएईमा हुने छ । सुपर १२ का खेलहरु २३ अक्टोबरबाट दुबई, आबूधाबी र शारजाहमा सुरु हुने छन् । पहिलो चरण (फस्ट राउन्ड) को समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।

सुपर १२ को ग्रुप एक मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ ।

सुपर १२ को पहिलो खेलमा समूह ए का अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । समूह चरणको अन्तिम खेल समूह बी को भारत र पहिलो चरणबाट आउने समूह ए को उप विजेताबीच दुबईमा हुने छ । अक्टोबर २४ मा भारत र पाकिस्तान पहिलो खेलमै प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेमिफाइन नोभेम्बर १० मा हुने छ । पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उप विजेताबीच प्रतिस्पर्धा हुने छ । दोस्रो सेमिफाइनल ११ नोभेम्बरमा समूह बी को विजेता र समूह ए को उप विजेताबीच प्रतिस्पर्धा हुने छ । पहिलो सेमिफाइनल आबूधाबी र दोस्रो सेमिफाइनल दुबैमा हुने छ । दुबै सेमिफाइनलको रिजरर्भ डे (वैकल्पिक दिन) राखिएको छ । फाइनल दुबईमा १४ नोभेम्बरमा हुने छ । फाइनलको पनि रिजरर्भ डे राखिएको छ ।

विश्वकपको पहिलो दिन ओमान र पिएनजी भिड्ने छन् । पिएनजीले टि२० विश्वकपमा डेब्यू गर्ने छ । त्यसैदिन अर्को खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुने छ । समूह ए का आयरल्यान्ड र नेदरल्यान्डबीच पहिलो खेल अक्टोबर १८ मा आबूधाबीमा हुने छ । त्यसैदिन नामिबियाले श्रीलंकासँग खेल्ने छ । नामिबियाले पनि पहिलो पटक टि२० विश्वकप खेल्दै छ ।

पहिलो चरणका समूह बी का अन्तिम खेल अक्टोबर २१ मा हुने छ । बंगलादेशले पिएनजी र ओमानले स्कटल्यान्डसँग अन्तिम समूह चरणको खेल खेल्ने छ । समूह ए को अन्तिम खेल अक्टोबर २२ मा शारजाहमा हुने छन् । नामिबियाले आयरल्यान्ड र श्रीलंकाले नेदरल्यान्ड्ससँग पहिलो चरणको अन्तिम खेल खेल्ने छन् । दुबै समूहबाट शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्ने छन् । अक्टोबर २३ मै समूह एका उपाधिका दाबेदार इंग्ल्यान्ड र वेस्टइन्डिजबीच पहिलो खेल हुने छ । सुपर १२ बाट दुबै समूहबाट शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउने छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.