default_image

4 years ago

August 19, 2021

टि२० विश्वकप खेल्न अष्ट्रेलियाको बलियो टोली घोषणा

136 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएईमा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा घोषणा टोलीमा स्टार तथा प्रमुख खेलाडी डेविड वार्नर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल लगायतका फर्किएका छन् ।

२६ वर्षिय विकेटकिपर ब्याट्सम्यान जोश इंग्लिस टि२० विश्वकप घोषणा टोलीमा अनक्याप्ड खेलाडीको रुपमा छन् । बंगलादेश र वेस्टइन्डिज भ्रमणमा विकेटकिपरको प्रदर्शन कमजोर रहेपछि उनले मौका पाएका हुन् । उनले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ६३ टि२० खेलमा २ शतक र ११ अर्धशतक सहित १ हजार ६ सय ४५ रन जोडेका छन् ।

तीव्र गतिका बलर झेय रिचर्डसन, एन्ड्रयू टाई, जेसन बेहरेनडोफ, विकेटकिपर एलेक्स केरी, मोइजेसन हेनरिक्स, जोश फिलिपे र एश्टन टर्नर विश्वकप टोलीमा नभएका ठूला नाम हुन् । वेस्टइन्डिज र बंगलादेश भ्रमणमा कमजोर प्रदर्शनका साथ टोलीमा स्थान बनाउन सकेनन् ।

अष्ट्रेलियाला सुपर १२ को समूह ए मा छ । अष्ट्रेलियासँगै समूह ए मा इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणका समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । शीर्ष दुईमा रहँदै सेमिफाइनल यात्रा गर्न अष्ट्रेलियालाई सहज भने हुने छैन । तर प्रमुख खेलाडी टोलीमा फर्किदा टोली भने उत्कृष्ट र बलियो बनेको छ । अष्ट्रेलिया पहिलो टि२० विश्वकप जित्ने सोचमा छ । २०१० को टि२० विश्वकप फाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।

अष्ट्रेलिया विश्वकप खेल्ने टोली : आरोन फिन्च (कप्तान), एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा

भ्रमण गर्ने वैकल्पिक खेलाडी : ड्यान क्रिष्टियन, नाथन एलिस र ड्यानियल साम्स ।

अष्ट्रेलिया खेल तालिका

अक्टोबर २३ : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका, आबूधाबी

अक्टोबर २८ : अष्ट्रेलियाविरुद्ध समूह ए को विजेता, दुबई

अक्टोबर ३० : अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड, दुबई

नोभेम्बर ४ : अष्ट्रेलियाविरुद्ध समूह बी को उप विजेता

नोभेम्बर ६ : अष्ट्रेलियाविरुद्ध वेस्टइन्डिज

यो पनि : टि२० विश्वकप खेल तालिका नेपाली समयमा

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.