default_image

4 years ago

August 18, 2021

टि२० विश्वकप खेल तालिका नेपाली समयमा

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –आइसीसी टि२० विश्वकप २०७८ आगमी असोज कार्तिकमा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा सुरु हुँदैछ । विजया दशमी (दशैं) सकिएसँगै सुरु हुने विश्वकप असोज ३१ देखि काार्तिक २८ सम्म चल्नेछ । सेमिफाइनल कार्तिक २४ र २५ तथा फाइनल २८ गर्ते हुनेछ ।

पहिलो चरणका समूह ए र बी का खेल सकिएपछि सुपर १२ का खेलहरु सुरु हुनेछन् । पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका र नामिबिया छन् । समूह बी मा ओमान, पपुवा न्युगिनी, स्कटल्यान्ड र बंगलादेश छन् । समूह ए का सबै खेल युएई र बी का खेल ओमानमा हुने छन् । दुवै समूहका शीर्ष दुई दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् । नामिबिया र पपुवा न्युगिनीले टि२० विश्वकपमा डेब्यू गर्दैछन् ।

पहिलो चरणको खेल असोज ३१ देखि कार्तिक ६ सम्म चल्ने छन् । सुपर १२ का खेलहरु कार्तिक ७ देखि २२ सम्म चल्ने छ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, समूह ए को विजेता र समूह बी को उप विजेता रहने छन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उप विजेता रहने छन् ।

पहिलो चरणको समूह ए बाट आयरल्यान्ड र नेदरल्यान्ड्स सुपर १२ का बलिया दाबेदार हुन् । समूह बी बाट स्कटल्यान्ड र बंगलादेश सुपर १२ को सम्भावित बलिया टोली हुन् । टि२० विश्वकपमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । २९ दिन सम्म चल्ने प्रतियोगितामा कुल ४५ खेलबाट एक टि२० विश्व च्याम्पियन बन्ने छ । भारत, वेस्टइन्डिज, इंग्ल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान उपाधिका दाबेदार टोली हुन् । टि२० विश्वकप २०७८ को खेल तालिका नेपाली मितिमा यस प्रकार छ ।

असोज ३१, आइतबार

ओमानविरुद्ध पिएनजी, दिउँसो ३ : ४५ बजे

बंगलादेशविरुद्ध स्कटल्यान्ड, बेलुका ७ : ४५ बजे

कार्तिक १, सोमबार

आयरल्यान्डविरुद्ध नेदरल्यान्ड्स, दिउँसो ३:४५ बजे

नामिबियाविरुद्ध श्रीलंका, साँझ ७ : ४५ बजे

कार्तिक २, मंगलबार

पिएनजीविरुद्ध स्कटल्यान्ड, दिउँसो ३ : ४५ बजे

ओमानविरुद्ध बंगलादेश, बेलुका ७ : ४५ बजे

कार्तिक ३, बुधबार

नामिबियाविरुद्ध नेदरल्यान्ड्स, दिउँसो ३ : ४५ बजे

श्रीलंकाविरुद्ध आयरल्यान्ड, बेलुका ७ : ४५ बजे

कार्तिक ४ , बिहिबार

बंगलादेशविरुद्ध पिएनजी, दिउँसो ३ : ४५

ओमानविरुद्ध स्कटल्यान्ड, बेलुका ७ : ४५ बजे

कार्तिक ५, शुक्रबार

नामिबियाविरुद्ध आयरल्यान्ड, दिउँसो ३ : ४५

श्रीलंकाविरुद्ध नेदरल्यान्ड्स, बेलुका ७ : ४५

कार्तिक ६, शनिबार

अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका, ३ : ४५ बजे (आबूधाबी)

इंग्ल्यान्डविरुद्ध वेस्टइन्डिज, ७ : ४५ बजे (दुबई)

कार्तिक ७, आइतबार

समूह ए को विजेता र तथा समूह बी को उप विजेता, दिउँसो ३ : ४५ बजे (शारजाह)

भारतविरुद्ध पाकिस्तान, बेलुका ७ : ४५ बजे (दुबई)

कार्तिक ८, सोमबार

अफगानिस्तानविरुद्ध समूह बी को विजेता, बेलुका ७ : ४५ बजे (शारजाह)

कार्तिक ९, मंगलबार

दक्षिण अफ्रिकाविरुद्ध वेस्टइन्डिज, दिउँसो ३ : ४५ बजे (दुबई)

पाकिस्तानविरुद्ध न्युजिल्यान्ड, बेलुका ७ : ४५ (शारजाह)

कार्तिक १०, बुधबार

इंग्ल्यान्डविरुद्ध समूह बी को उपविजेता, दिउँसो ३:४५ बजे (आबूधाबी)

समूह बी को विजेता र समूह ए को उपविजेता, बेलुका ७ : ४५ (आबूधाबी)

कार्तिक ११, बिहिबार

अष्ट्रेलियाविरुद्ध समूह ए को विजेता, बेलुका ७ : ४५ बजे (दुबई)

कार्तिक १२, शुक्रबार

वेस्टइन्डिजविरुद्ध समूह बी को उपविजेता, दिउँसो ३:४५ बजे (शारजाह)

अफगानिस्तानविरुद्ध पाकिस्तान, बेलुका ७:४५ बजे (दुबई)

कार्तिक १३, शनिबार –

दक्षिण अफ्रिकाविरुद्ध समूह ए को विजेता, दिउँसो ३:४५ बजे (शारजाह)

अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड, बेलुका ७ : ४५ बजे (दुबई)

कार्तिक १४, आइतबार

अफगानिस्तानविरुद्ध समूह ए को उपविजेता, दिउँसो ३:४५ (आबूधाबी)

भारतविरुद्ध न्युजिल्यान्ड, बेलुका ७ : ४५ (दुबई)

कार्तिक १५, सोमबार

इंग्ल्यान्डविरुद्ध समूह ए को विजेता, बेलुका ७ः४५ (शारजाह)

कार्तिक १६, मंगलबार

दक्षिण अफ्रिकाविरुद्ध समूह बी को उपविजेता, दिउँसो ३ः४५ बजे (आबूधाबी)

पाकिस्तानविरुद्ध समूह ए को उपविजेता, बेलुका ७ : ४५ बजे (आबूधाबी)

कार्तिक १७, बुधबार

न्युजिल्यान्डविरुद्ध समूह बी को विजेता, दिउँसो ३ : ४५ बजे (दुबई)

अफगानिस्तानविरुद्ध भारत, बेलुका ७ः ४५ बजे (आबूधाबी)

कार्तिक १८, बिहिबार

अष्ट्रेलियाविरुद्ध समूह बी को उपविजेता, दिउँसो ३ : ४५ (दुबई)

वेस्टइन्डिजविरुद्ध समूह ए को विजेता, बेलुका ७ : ४५ बजे (आबूधाबी)

कार्तिक १९, शुक्रबार

न्युजिल्यान्डविरुद्ध समूह ए को उपविजेता, दिउँसो ३ः४५ बजे (शारजाह)

भारतविरुद्ध समूह बी को विजेता, बेलुका ७ः ४५ बजे (दुबई)

कार्तिक २०, शनिबार

अष्ट्रेलियाविरुद्ध वेस्टइन्डिज, दिउँसो ३ः४५ बजे (आबूधाबी)

इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिका, बेलुका ७ः४५( शारजाह)

कार्तिक २१, आइतबार

अफगानिस्तानविरुद्ध न्युजिल्यान्ड, दिउँसो ३ः ४५ बजे (आबूधाबी)

पाकिस्तानविरुद्ध समूह बी को विजेता, बेलुका ७ : ४५ बजे (शारजाह)

कार्तिक २२, सोमबार

भारतविरुद्ध समूह ए को उपविजेता, बेलुका ७ :४५ (दुबई)

कार्तिक २३, मंगलबार : विश्राम

कार्तिक २४ बुधबार

पहिलो सेमिफाइनल, समूह ए को विजेताविरुद्ध समूह बीको उपविजेता, बेलुका ७: ४५ (आबूधाबी)

कार्तिक २५, बिहिबार

समूह ए को उपविजेताविरुद्ध समूह बी को विजेता, बेलुका ७ : ४५ ( दुबई)

कार्तिक २६, शुक्रबार- वैकल्पिक दिन

कार्तिक २७, शनिबार – वैकल्पिक दिन

कार्तिक २८, आइतबार- फाइनल, बेलुका ७:४५ बजे (दुबई)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.