default_image

4 years ago

August 19, 2021

बन्द प्रशिक्षणमा अनुभव बटुल्दै गुलशन

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गुलशन झा ओमान भ्रमणको लागि नेपाली टोलीको १९ सदस्य बन्द प्रशिक्षणमा छन् । पहिलो पटक बन्द प्रशिक्षणमा परेका गुलशनको मुख्य हतियार बाउन्सर फ्याँक्ने क्षमता हो ।

गुलशन नेपाली क्रिकेटमा देखिएको धेरै भएको छैन । गत फागुनमा सम्पन्न काठमाडौं मेयर्स कप एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबबाट दुई खेल खेलेका थिए । फाइनलमा एपिएफमाथि सहज जित निकाल्दै पुलिसलाई च्याम्पियन बनाउन गुलशनले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । तर उनको उत्कृष्ट बलिङको गति र बाउन्सर बलले दुई खेलनै बन्द प्रशिक्षणमा पुयाउन पर्याप्त रह्यो ।

गुलशन बन्द प्रशिक्षणमा धेरै कुरा सिक्ने अवसर पाएको बताउँछन् । ‘पहिलो पटक बन्द प्रशिक्षणमा परेको छु । धेरै कुरा सिक्न पाएको छु । मलाई कुनै दबाब छैन’, उनले हाम्रो खेलकुदसँग भने, ‘प्रशिक्षक ह्वाटमोर, कप्तान ज्ञानेन्द्र मल्ल, अन्य सबै साथीहरुले पनि राम्रो साथ र सहयोग गरि राख्नु भएको छ । प्रशिक्षक निकै सकरात्मक हुनुहुन्छ ।’

गुलशनले आफू बन्द प्रशिक्षणमा परेको जानकारी नेपाल क्रिकेट संघले सबैभन्दा पहिला दिएको बताउँछन् । ‘क्यानबाट टोलीमा परेको पहिला फोन आएको थियो । सुन्दा धेरै खुसी लाग्यो । टोलीमा पर्छु वा पर्दैन भन्ने थाहा थिएन । तर मैले आफ्नो तयारी भने गरि राखेको थिए, उनले भने ।

गुलशन प्रधानमन्त्री कपमा सर्लाहीबाट छनोट खेलेपनि प्रदेश–२ को टोलीमा परेका थिएनन् । ६ फिट एक इन्च अग्ला गुलशनले पुलिसबाट पहिलो खेलमै काठमाडौं मेयर–११ विरुद्ध गति र बाउन्सरका साथ उत्कृष्ट प्रभाव छाड्न सफल भएका थिए । गुलशन दायाँ हातले बलिङ गर्दा बायाँ हातले ब्याटिङ गर्छन् ।

यति चाँडो राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्छु भन्ने सोचेको थियो भन्ने प्रश्नमा उनले भने, ‘आउन पनि सक्छु वा सक्दैन ५०-५० प्रतिशत सम्भावना देखेका थिए । तर मैले जतिबेला पनि नेपाली टोलीको बन्द प्रशिक्षणको अवसर आउन सक्छ भनेर तयारी गरिरहेको थिएँ । म माथिल्लो स्तरको लागि तयारी निरन्तर गर्दै आएको थिएँ ।’

‘मेरो सपना चाँडो भन्दा चाँडो नेपाली टोलीमा पर्ने छ । पहिलो पटक बन्द प्रशिक्षणमा परेको हुँदा आनन्द लिइरहेको छु । आफ्नो उत्कृष्ट प्रदर्शन गर्न खोजिरहेको छु । मेरो सपना नेपाली टोलीबाट खेल्ने र लामो समयसम्म स्थान बनाइरहने छ,’ उनले भने ।

गुलशनले पुलिस क्लबलाई आफ्नो प्रदर्शन देखाउने अवसर दिएकोमा धेरै धेरै धन्यवाद दिएका छन् । गुलशन आफ्नो बाउन्सरलाई प्रमुख खुबी मान्छन् । उनको फिटनेस भने केहि कमजोरी रुपमा देखिएको थियो । गुलशन काठमाडौं मेयर्स कपदेखि हालसम्म सबैभन्दा बढी फिटनेशमा जोड दिएको बताउँछन् ।

नेपालले यसै महिना पपुवा न्युगिनीसँग दुई ओडिआई र आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको अर्काे साता ओमान भ्रमण गर्नेछ । पपुवा न्युगिनीसँग पहिलो ओडिआई सेप्टेम्बर ५ र दोस्रो ओडिआई सेप्टेम्बर ८ मा हुने छ । नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्ने छ । १७ सदस्य खेलाडी ओमान भ्रमणमा जानेछन् ।

गुलशन बारे थप जानकारीको लागि :पुलिसका सरप्राइज प्याकेज गुलशन

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.