4 years ago
August 21, 2021
एजेन्सी – कप्तान बाबर आजम र फवाद आलम चम्कँदा पाकिस्तानले वेस्टइन्डिजसँगको दोस्रो टेस्ट खेलमा राम्रो पूनरागमन गरेको छ । दोस्रो टेस्टको पहिलो दिन टस हारेर ब्याटिङ थालेको पाकिस्तान ७४ ओभरमा २१२–४ को अवस्थामा खेल सकिएको छ । फवाद १ सय ४९ बलमा ७६ रनमा रिटायर्ट हर्ट भएका छन् ।

बाबर १ सय ७४ बलमा १३ चौका सहित ७५ रनमा क्याच आउट भए । एक समय २–३ को कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि फवाद र बाबरले २ सय ९८ बलमा १ सय ५८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि खेलमा पूनरागमन गरेको थियो । तीव्र गतिका बलर केमार रोचले बाबरलाई ६१ औं ओभरमा जेसन होल्डरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।
रोचले पहिलो ओभरको तेस्रो बलमै ओपनर आबिद अलीलाई एक रनमा क्याच आउट गराए । तेस्रो ओभरको तेस्रो बलमा रोचलेनै अजहर अलीलाई विकेटकिपर जोशुवा डि सिल्भाबाट शून्यमा क्याच आउट गराए । अर्का तीव्र गतिका बलर जयडेन सिल्सले ओपनर इमरान बटलाई एक रनमा क्याच गराउँदा पाकिस्तान २–३ को संकट अवस्थामा पुगेको थियो । उक्त कठिन अवस्थाबाट बाबर र फवादले पाकिस्तानलाई सम्हालेका थिए ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान २२ र फहिम अशरफ २३ रनमा अविजित छन् । केमार रोचले तीन र जयडेन सिल्सले एक विकेट लिएका छन् । दुई टेस्ट सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एक विकेटले विजयी भएको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]