default_image

4 years ago

August 21, 2021

गुलशन पहिलो पटक राष्ट्रिय टोलीमा

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम १७ सदस्य टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा तीव्र गतिका युवा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका हुन् ।

गत फागुनमा काठमाडौंमा भएको काठमाडौं मेयर्स कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्दै एपिएफविरुद्ध चार विकेट लिदै उत्कृष्ट प्रभाव छाडेका थिए । गुलशन तीव्र गति र बाउन्सरको कारण सबैले प्रभावित पारेका थिए ।

गुलशनसँगै तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावकर र रोहित कुमार पौडेलले पूनरागमन गरेका छन् । बन्द प्रशिक्षणमा रहेका साहब आलम र कमलसिंह ऐरी भने बाहिरिएका छन् ।

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा ओमान र अमेरिका सँग २-२ खेल खेल्ने छ । त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्ने निश्चित भएको छ । नेपाली टोली अगष्ट अन्तिम अर्थात भदौ दोस्रो साता ओमान भ्रमणमा निस्कनेछ ।

नेपालले पिएनजीसँग पहिलो ओडिआई खेल भदौ २० (सेप्टेम्बर पाँच) मा खेल्नेछ । दोस्रो ओडिआई भदौ २३ सेप्टेम्बर (आठ) मा खेल्नेछ । त्यसपछि टोलीले चार दिन विश्राम गर्नेछ ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म खेल्ने छ । खेल तालिका भने सार्वजनिक भएको छैन । नेपालले पिएनजीसँग ओडिआई अभ्यास खेल्दा ओमानले मुम्बईको टोलीसँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्ने छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.